प्रदेश समाचार

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि अढाई करोड रकम उपलब्ध

कञ्चनपुर ।  भीमदत्त नगरपालिकाले मझगाउँ विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि सम्झौताबमोजिमको दुई करोड ५० लाख नेपाल नागरिक उड्डययन प्राधिकरणलाई उपलब्ध गराएको छ। यसअघि गत वर्ष एक करोड प्राधिकरणलाई उपलब्ध गराइएको थियो ।

नगरपालिकाले साझेदारीका लागि गरेको प्रतिबद्धता बमोजिम हालसम्म तीन करोड ५० लाख प्राधिकरणलाई बुझाएको छ। भीमदत्तले विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १५ प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता गरेको थियो। त्यसअघि यस वर्षको रकम प्राधिकरणमा पठाइएको छ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि नगरपालिकाले गरेको प्रबिद्धताअनुसारको साझेदारी रकममध्ये यस वर्ष दुई करोड ५० लाख पठाइएको बताए। “नगरपालिकाले विमानस्थल सञ्चालानका लागि १५ प्रतिशत रकम साझेदारी गर्ने प्रतिबद्धता गरेको छ। त्यसअनुसार गत वर्ष र यस वर्षमा रकम पठाएका छौँ”, उनले भने, “यसपछि बाँकी रकम पनि पठाउँछौँ।”

सुदूरपश्चिम प्रदेश र दोधारा चाँदनी नगरपालिकाले पनि विमानस्थल सञ्चालनमा साझेदारी गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र दोधारा चाँदनीले १० प्रतिशत खर्चमा साझेदारी गरेका छन्। गत फागुन ३ गते सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएको थियो। विमानस्थल सञ्चालनमा ल्याउन चाहिने बाँकी ५० प्रतिशत खर्च प्राधिकरण आफैँले व्यहोर्न पर्नेछ। विसं २०५६ मा बन्द विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको छ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्राविधिक समिति बनाएर विमानस्थल पुनः सञ्चालन अघि बढाएका थिए। त्यसपछि विमानस्थल संरक्षणका लागि तारबार गरिएको थियो। स्थानीय तहसहितले खर्च व्यहोर्न साझेदारी गरेपछि प्राधिकरणले ठेक्का आह्वान गरी पुनः सञ्चालन कार्य अघि बढाएको छ। विमानस्थल सञ्चालनका लागि एक हजार २०० मिटरको रनवेलाई एक हजार ६८५ मिटर पु¥याउनुपर्ने समितिले सुझाव दिएको थियो।

५० वर्षअघि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वकालमा बन्द भएपछि गौचरनमा परिणत भएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन, स्थानीयवासीलाई हवाई यातायात सुविधा र आर्थिक कारोबारका लागि विमानस्थल सञ्चालन हुनुपर्ने माग यहाँका व्यवसायीको रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती
अछाममा जन्तीबाट फर्केको जिप दुर्घटना : ४ जनाको मुत्यु, १५ जना घाईते (अपडेट)
किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाबारे सरोकारवालालाई जानकारी
यस बर्षको पर्वले सबै नेता कार्यकर्ता र जनताको घरमा शुख, शान्ति र समृद्धी मिलोस् : सभापती स्वाँर