मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्रान्सका पूर्व राष्ट्रपति निकोसल सार्कोजीलाई एक वर्ष जेल सजाय

फ्रान्सका पूर्व राष्ट्रपति निकोसल सार्कोजीलाई एक वर्ष जेल सजाय


पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको एक अदालतले एक वर्ष सजाय तोकेको छ । सार्कोजीले सन् २०१२ मा भएको चुनावमा गैरकानूनी वित्तीय क्रियाकलाप गरेको भनी दोषी ठहर गर्दै सो सजाय सुनाएको हो । सो चुनावमा उनी पराजित भएका थिए ।

बिहीबार अदालतले एक वर्षे जेल सजाय सुनाएपनि ६६ वर्षीय सार्कोजी जेल भने जानुपर्ने छैन । उनले यस मुद्दामा माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएपछि जेल जानबाट जोगिएका हुन् । तर, न्यायाधीशहरूले उनले विद्युतीय ट्याग लगाएर घरमै सजाय काट्न सक्ने बताएका छन् ।

सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए । उनीमाथि निर्वाचनमा अधिकतम खर्च गर्न तोकिएको सीमाभन्दा लगभग दोब्बर २२.५ मिलियन यूरो (२६ मिलियन डलर) रकम खर्च गरेको आरोप लागेको थियो । उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई एक अर्को मुद्दामा पनि तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यो मुद्दा पनि विचाराधीन रहेकोले जेल जानबाट जोगिएका छन् ।

फ्रान्समा अर्को वर्ष राष्ट्रपतिको चुनाव हुँदैछ । अदालतको पछिल्लो फैसलासँगै सार्कोजीको राजनीतिक भविष्य लगभग सकिएको बताइएको छ । अलजिराबाट ।