मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावल संयोजक रहेको कार्यदल बैठकमा सुदूरपश्चिम इन्चार्ज आफू रहेको भट्टको दाबी

रावल संयोजक रहेको कार्यदल बैठकमा सुदूरपश्चिम इन्चार्ज आफू रहेको भट्टको दाबी

सुदूर आज

काठमाडौं। नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । दश बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मङ्गलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो । 

बैठकमा कार्यदलका सदस्यहरूले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बूँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए । उनले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै रहेको दाबी समेत गरेका छन्।

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद छ । संयोजक रावलले सो विवाद पनि १० बूँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरेका छन् । बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरूको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए । 

उनले भने, ‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरू समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकूल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौँ । दश बूँदेको कार्यान्वयनमा धेरै ठाउँमा भइसकेको छ । जुन ठाउँमा त्यसको कार्यान्वयन हुन सकेको छैन । त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा नै आउँछ ।’

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल,  स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्।