मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईपीएलमा काठमाडौं र पोखरा भिड्दै

ईपीएलमा काठमाडौं र पोखरा भिड्दै


काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा मंगलबार एउटा मात्र खेल हुँदैछ । टियू क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने छन् । 

खेल दिउँसो १२ः१५ बजे शुरु हुनेछ । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।

सोमबारको खेल भने वर्षाले स्थगित भएको थियो । काठमाडौंले विराटनगर वारियर्ससँग खेल्ने कार्यक्रम थियो । 

पोखरा पहिलो जितको खोजीमा छ । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो । वर्षाले खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक बाँडेका हुन् । 

मंगलबार बिहानको मौसम क्रिकेट खेल्न लायक रहे पनि त्यसपछि कतिबेला के हुन्न भन्न सकिन्न । सोमबारका दुवै खेल वर्षाले स्थगित भएका थिए ।