मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका पालिकामा देउवा पक्षको वर्चस्व

सुदूरपश्चिमका पालिकामा देउवा पक्षको वर्चस्व


धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बेलुकासम्म आएको स्थानीय तहको नतिजा अनुसार गृह प्रदेशमा वर्चस्व कायम गरेका छन्। 

सोमबारसम्म अधिवेशन सम्पन्न भएका ७४ पालिकामध्ये ४४ मा देउवा, पौडेल समूह (दिवान विष्ट, दिलेन्द्र बडू) ले २६ पालिका सभापतिमा निर्वाचित भएका छन्। ४ जना सभापति भने कुनै पक्षमा खुलेका छैनन्।  

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलालीबाहेकको जिल्लामा स्थानीय तहको अधिवेशन भएको छ। सुदूरपश्चिममा कुल ८८ स्थानीय तह छन्। यीेमध्ये अधिवेशन सम्पन्न भएका ८ जिल्लाका ७५ स्थानीय तहमध्ये  बाजुराको वडिमालिका नगरपालिकामा अधिवेशन हुन सकेको छैन।

९ स्थानीय तह रहेको बाजुरामा देउवा पक्ष ४ र पौडेल पक्षका ३ पालिका सभापति चयन भएका छन्। एउटा पालिकाका सभापति भने नखुलेको बताइएको छ। सोमबारसम्म ७ पालिकामा सर्वसम्मत र त्रिवेणी नपामा निर्वाचन भएको छ। बडीमालिका नगरपालिकामा भने सहमतिको प्रयास भइरहेको छ। 

कञ्चनपुरमा रहेका ९ स्थानीय तहमध्ये पूर्व सांसद दिवानसिंह बिष्ट पक्षधर (रामचन्द्र समूह) ले ४ वटा पालिका सभापति भएका छन् भने नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका एनपी साउद र रमेश लेखक पक्षधर ५ पालिका सभापति भएका छन्।

सभापति देउवाको गृह जिल्ला डडेल्धुराका सबै पालिकामा उनी पक्षधर सभापति भएका छन्। डडेल्धुरामा ७ पालिका रहेका छन्। परशुराम नगरपालिका, अजयमेयरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा क्रमशः भरत बडायर जोशी, खेमराज भट्ट, टेकराज पाण्डे, भोजराज भट्ट, डम्बर राज जोशी र ईन्द्र कार्की सभापतिमा चयन भएका हुन्।

उता, दार्चुलाका ९ वटै पालिकामा दिलेन्द्र बडू पक्षधर सभापतिमा चयन भएका छन्। डोटीमा रहेका सबै पालिका सभापति देउवा पक्ष भएका छन्। डोटीमा ९ वटा स्थानीय तह रहेका छन्। बोगटान फुडसिल गाउँपालिकामा खडक सिंह बोहरा, जोरायल गाउँपालिकामा मोहनबहादुर मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी, केआई सिंह गाउँपालिकामा अर्जुनबहादुर बलायर, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा, सायल गाउँपालिकामा तेजराज ओझा, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन्। 

बैतडीका १० स्थानीय तहमध्ये ४ देउवा पक्षमा, ३ पौडेल पक्षमा र ३ जना सभापति कुनै पक्षमा खुलेका छैनन्। बझाङका १२ स्थानीय तहमध्ये १० पालिकामा देउवा र २ मा कोइराला पक्षधर सभापति निर्वाचित भएका छन्। अछामका १० पालिकामध्ये देउवा र पौडेल पक्षधर समान ५–५ रहेका छन्। – नेपालसयम