प्रदेश नं. २

थुकसम्म निल्न नमिल्ने जितिया व्रत

जनकपुरधाम– मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया आज मंगलबार उपवास गरी मनाइँदैछ।

सन्तानको दिर्घायुको कामना गर्दै मिथिला तथा थारु क्षेत्रमा मनाइने जितिया पर्वको सुरुवात असोज कृष्ण सप्तमीदेखि तीन दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन नुहाई धुवाई गरी चोखो भइन्छ जसलाई नहाय खाय विधि भन्ने गरिन्छ।

संस्कृतिविद एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लाल भन्छन् ‘यस पर्वमा चुरा दहीदेखि माछा र मरुवा (कोदो)सम्म खाने चलन छ। त्यसैगरी जितियामा उपवासको समेत उत्तिकै महत्व रहेको हुन्छ। अष्टमी तिथिभर थुकसम्म निल्नु हुँदैन, होइन भने व्रत भंग भएको मानिन्छ।

पुत्रको दिर्घायुका लागि जितिया व्रत गरिने परम्परा रहेको भविष्य पुराणमा समेत उल्लेख रहेको छ। असोज कृष्ण अष्टमी तिथिका दिन यो व्रत गरिने चलन रहेको छ। यस पर्वमा जुनदिन प्रदोषकालमा अष्टमी पर्ने गर्दछ उक्त दिन नै व्रत गरिन्छ र यदी दुई दिनसम्म प्रदोषकालमा अष्टमी पर्छ भने उक्त दिनको दोस्रो दिन व्रत बस्ने चलन छ। जुन दिन उदयकालमा अष्टमी तिथि पर्छ उक्त दिन व्रत गर्नुपर्ने र नवमी तिथिका दिन पारण गर्नुपर्ने हुन्छ।

जिमुतवाहनको कथा

एक दिन कैलाशको शिखरमा बसेकी पार्वती भगवान् शिवसँग प्रश्न गरिन् की यस्तो कुन उपवास छ जुन गरेपछि सौभाग्यवति महिलाको सन्तान जिवित रहनेछन्। भगवान शिवले जिमुतवाहनको पूजाबारे भनेका थिए र स्वयं माता पार्वती कैलाश पर्वतमा यो व्रत गरेकी थिईन् भन्ने धार्मिक विश्वास गरिन्छ।

नर्मदा नदीको किनारमा कनकावती नामक एक नगर थियो। जहाँ मलयकेतु नामक राजा बस्दथे। उक्त राज्यमा बाहुलुटा नामक मरुभूमि रहेको थियो जसको मध्यबाट नर्मदा नदी बग्ने गरेको थियो। उक्त किनारमा एक विशाल पाकैरको बिरुवा रहेको थियो। सो रुखको मुनी एउटा स्याल निवास गर्दै आई रहेको थियो भने हाँगामा एउटा चिल। धेरै दिनसम्म संगै वास गर्ने भएकाले दूबैमा मित्रता भयो।

सो रुख मुनी नजिकैको नगरका महिलाहरु असोज कृष्ण अष्टमीका दिन जिमुतवाहनको पूजा गरी कथा सुनेर आफ्नो घर फर्के। स्याल र चिलले पनि व्रत गरेका थिए।

सोही दिन त्यो नगरको एक सेठको पुत्रको मृत्यु भएको थियो। उनको पुत्रको अन्तिम संस्कार नर्मदा नदीको किनारमा गरियो।

संस्कृतिविद एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लाल भन्छन् ‘यस पर्वमा चुरा दहीदेखि माछा र मरुवा (कोदो)सम्म खाने चलन छ। त्यसैगरी जितियामा उपवासको समेत उत्तिकै महत्व रहेको हुन्छ। अष्टमी तिथिभर थुकसम्म निल्नु हुँदैन, होइन भने व्रत भंग भएको मानिन्छ।

अष्टमीका राति बादल समेत लागेको थियो। सो भयंकर अँध्यारोमा मृतकको मासु देखेर दिनभरी उपवास बसेको स्यालको धैर्य टुट्न थालेको थियो। रुखको हाँगामै बसेको चिलले स्याललाई सोध्यो बहिनी जागेकी छौ ? पहिलो पटक स्यालले खुशी भएर जवाब दियो हो म जागेरै बसेको छु। अनेकौ पटकको प्रश्न पछि चिलले विचार गर्यो अब मित्रलाई प्रश्न गर्नु उचित हुँदैन। अब स्यालले प्रश्न गर्दा चिलले कुनै प्रकारको जवाब फर्काएन। फेरी स्यालले जिज्ञासा गर्दा जवाफ आएन। स्याललाई लाग्यो चिल सुती सकेको रहेछ। त्यसपछि स्याल नदीको किनारमा पुग्यो। नदीबाट पानी ल्याएर चिताको आगो स्यालले निभायो। सो शवको मासु खाएर स्यालले आफ्नो भोक मेटायो। स्यालको यो सब करतुत रुखमै बसेको चिलले हेरिरहेको थियो।

सूर्योदय भएप्छि स्यालले चिललाई सोधिन हे सखी पारणको चर्चा किन नगरेकी। रातिको घटनाको साक्षी समेत रहेकी चिल निराश भएर भनिन हे प्रिय पारण गर अब पारणको समय भई सक्यो। महिलाहरुले दिएको अक्षत अँकुरी तथा नैवेद्य लिएर पारण गरे।

त्यसपछि समयको चक्र संगै प्रयागको कुम्भमा चिल र स्याल संगै दुबैजना त्यहाँ पुगिन् । त्यहाँ दुबैको एकै समयमा मृत्यु भयो। कुम्भमा मृत्यु भएको कारण स्याल र चिल दुबैको जन्म वेदका ज्ञाता भाष्कर नामक भिक्षु ब्राह्मणको घरमा भयो। दुबैको नामाकरण समेत भयो। चिल जेठी भइन् जसको नाम शिलावती राखियो। स्याल कान्छी थिइन् उनको नाम करपूरावती राखियो। कालक्रमसंगै दूबैको विवाह योग्य उमेर भयो।

शिलावतीको विवाह मन्त्री संगै भयो र करपुरावतीको विवाह मलयकेतुका महाराज कनिकासँग भयो। करपूरावतीलाई ७ जना पुत्र भए तर सात वटै पुत्रको मृत्यु भयो। तर शिलावतीको पनि सातजना पुत्र भए जिवित। शिलावतीको पुत्रलाई देखेर करपूरावती डाह गर्न थालिन्।

यसै क्रममा करपूरावतीले अन्न जल त्यागेर बसिन्। राजा यो सुनेर एकदमै चिन्तित भए। उनले रानीको चिन्ताको कारण सोधे। रानी करपूरावतीले मलाई खुशी पार्न चाहनु हुन्छ भने मेरो  बहिनी शिलावतीको सातवटै पुत्रको टाउको काटेर मलाई दिनुस्। राजा रानीको जिद्दी पछि टाउको ल्याएर दिने वचन दिए। राजाले चण्डाललाई आदेश दिए। राजाले सातै जनाको टाउको काटेर करपूरावतीलाई दिए। सातै टाउको शिलावतीको बुहारीलाई पारणका लागि पठाई दिइन्। त्यो समय समेत जितिया पर्व थियो।

शिलावतीद्वारा नियमपूर्वक जिमुतवाहन पर्वका कारण सातै टाउको फूलमा परिणत भयो। सातै भाई स्नान ध्यान गरेर पत्नीको समीप पुगे। सातै बुहारी आफ्नो पतीलाई कान्छी आमाले पठाएको परिकार पारणका लागि पठाएको बताए।

उता करपूरावती शिलावतीको पुत्र बधको शोकाकुल क्रन्दन सुन्नका लागि प्रतिक्षामा थिइन्। तर सातै पुत्र जीवित रहेको कुरा सुनेर चकित भइन्। उनले राजासंग जिज्ञासा गरे त्यसपछि राजाले भने प्रिय तिम्रो बहिनीले पूर्व जन्ममा सत्यव्रतको आचरण गरेकी थिइन् सोही व्रतको प्रभावले सातै पुत्र जीवित भइहाले। तिमिले गरेकी थिइनौँ त्यसैले तिम्रो सातै पुत्र मृत्युको शिकार भए।

राजाको यो कुरा सुनेर करपूरावतीले बहिनी शिलावतीलाई सम्वाद पठाए अब आउने वर्षदेखि दुबै एकै ठाउँमा पूजा गर्नुका साथै कथा सुन्छौँ।

दुबै जना नर्मदा नदीको किनारमा पुगे। स्नान गरे। स्नानोपरान्त शिलावती करपूरावतीलाई सोधिन् के तिमीलाई पूर्वजन्मको पाप स्मरण छ? तर करपूरावतीलाई यो कुराको स्मरण थिएन। शिलावतीले त्यसपछि सबै कुरो करपुरावतीलाई सुनाइन्। यो सब सुनेर करपूरावती दुःखी भइन्। कपूरावतीले त्यहीँ आफ्नो शरीर त्याग गरिन्। यो सूचना पाएर राजा आफ्नो पत्नीको श्राद्ध गरे र राज्य राम्ररी चलाउन थाले। 

औँगठनक परम्परा

जितिया पर्वमा औँगठनको परम्परा प्रमुख रहेको छ। काग उड्नुभन्दा अगावै मिथिलाञ्चलको घर घरमा औँगठन गरिन्छ। औँगठनको अर्थ कुनै आडको सहारामा पानी पिउनु। यो गर्नुभन्दा पूर्व घरका प्रत्येक सदस्य एकै ठाउँमा बसेर चुरा, दही, अमोट (आँपको रसबाट बनेको परिकार) चिनी, केरा, खाने गर्छन्।

औँगठनको विषयमा मिथिलाञ्चलमा एउटा भनाइ छ जितिया पावनि बड भारी, धियापुताके ठोकि सुतेलहुँ, अपने खएलहुँ भरि थारी। तर यो गाउँखाने कथा किन बन्यो यस विषयमा केही स्पष्ट छैन। – जयन्त ठाकुर नेपालसयम

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती
अछाममा जन्तीबाट फर्केको जिप दुर्घटना : ४ जनाको मुत्यु, १५ जना घाईते (अपडेट)
किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाबारे सरोकारवालालाई जानकारी
यस बर्षको पर्वले सबै नेता कार्यकर्ता र जनताको घरमा शुख, शान्ति र समृद्धी मिलोस् : सभापती स्वाँर