मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैले पार्टीलाई चलायमान र बलियो संगठनका रुपमा स्थापित गरेको छु : सभापती स्वाँर

मैले पार्टीलाई चलायमान र बलियो संगठनका रुपमा स्थापित गरेको छु : सभापती स्वाँर

मेरो कार्यकालमा अछामका ९१ वडामै कांग्रेस मजबुद भएको छ : सभापती स्वाँर


नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले २०२८ सालमा महेन्द्र हाई स्कुल बयालपाटा अछाममा ९ कक्षामा अध्ययन गर्दै गर्दा बिद्यार्थीको राजनिति यात्रा सुरु गरे । २०२९ सालमा स्वबियुमा कोषाध्यक्ष भएर काम गरे स्वाँर एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्न डोटी पुगे । त्यहाँ पनि नेबिसंघको राजनितिमा सक्रिय रहेका स्वाँर २०३१ सालमा कोषाध्यक्ष भएर काम गरे ।

बिभिन्न आरोह अवरोह पार गर्दै २०३२ सालमा गाँउ फर्क राष्ट्रिय अभियानका बिरुद्ध लाग्दै उनको सक्रिय राजनिति अभियान सुरु भयो । त्यसबेला उनलाई सरकारले पक्राउन गर्न पुर्जी समेत जारी गर्यो । २०३४ सालमा साँफेबगरमा बयालपाटामा अस्पताल संचालन गरिनुपर्छ भन्ने बिषयमा बिबाद हुदाँ ४ जनाले सहादत प्राप्त गर्ने बेला सक्रिय रहेका सभापती स्वाँर पञ्च्यातका बिरुद्ध हुदैँ २०३६ सालको जनमत संग्रहमा र २०४२ सालको सत्याग्रहमा समेत सक्रिय रहे । उनले आफ्नै बुवाले संचालन गरेको पसलबाट धेरै सामान बहुदल र निर्दलमा पार्टीको लागि सहयोग गरे ।

२०४३ साल माघ १० गते बाट अछाम जिल्लामा मदिरा बन्द गर्ने अभियान संक्रिय रहेको स्वारले नेतृत्वदायी भुमिका निर्वाह गर्दै अछाम जिल्ला मदिरा मुक्त हुन सफल भयो । पञ्च्यात, जनमत संग्रह र सत्याग्रहमा सक्रिय रहेका उनलाई माघ २५ गते पक्रेर अछाम कारागार चलान गरियो । २ महिना अछाम र १ महिना बाजुरा जेल जीवन बिताए । स्वाँर पछि अछाम जिल्लामा अरु नेता पनि जेल परेका थिए भने बाजुरामा जेल पर्नेमा उनी एक्लै थिए । २०४६ सालको जनआन्दोलनमा पनि उनि सक्रिय रहे । पार्टीले स्थानिय तहमा भाग लिने निर्णय गरेका बेला गगंबहादुर कुवँर सभापती रहेका थिए । अछाम जिल्लाको तत्कालिन ५ नम्बर क्षेत्रमा जिल्ला पञ्च्यातको सदस्यमा उनि बिजयी भए । २०४८ सालमा आम निर्वाचन हुदाँ अछामका ३ वटै क्षेत्रमा कांग्रसले बिजयी हासिल गर्यो ।

पार्टी, समाज र जनताका लागि सक्रिय रहेका स्वाँरलाई पाटीर्ल २०४९ सालमा जिल्ला विकास समितीको टिकट दियो र उनले बिजयी हासिल गरे । जिविस सभापती भएपछि अछाम जिल्लामा ६ सय बढी शिक्षकलाई स्थायी बनाउन महत्पूर्ण भुमिका खेलेका स्वाँरले ५ बर्षे कार्यकालमा अछामको विकास निर्मार्ण शिक्षा स्वास्थ्य लगायत विकासका क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरे ।

२०५७ सालमा नेपाली कांग्रेस अछामको अधिबेशनमा जिल्ला सभापतीका प्रतिष्पर्धी नैनसिहं कडायतलाई पराजित गर्दै पहिलो पटक नेपाली कांग्रेस अछामको नेतृत्व गरेका स्वाँरले पार्टीको कार्यालय पनि नभएको अवस्थामा मंगलसेनमा एक घर पुरै भाडामा लिएर कार्यालय स्थापना र पार्टीका लागि सामाग्रीको व्यावस्थापन, पार्टी संगठन निर्माण र कार्याकर्ताबाट लेबी संकलन गर्न सुरु गरे ।

त्यसपछि माओवादीले जनयुद्धका नाममा देशैभर जनता आतंकित हुने काम गरेपछि उनको १४ जनाको घरपरिवार अछामबाट विस्थापित भयो । उनि भन्छन् काठमाण्डौँ गएर डेरामा बस्याँै, धेरै दुख पाईयो, काठमाण्डौमा आन्दोलन थियो त्यसमा दैनिक सहभागी हुनुपर्थ्यो भाडा नुहदाँ दिउसो १२ बजेको घाममा पनि हिडेर आन्दोलनमा सहभागी भएको उनि स्मरण गर्छन । उनि भन्छन् आर्थिक अवस्था कम्जोर थियो, आम्दानीको श्रोत थिएन, माओवादीका काराण अछाममा टप लेभलमा संचालन भएको पसल पनि बन्द भयो । उनले ५ बर्ष काठमाण्डौँमै जसोतसो गुजारे र २०६२ मा बातावरण सहज भएपछि अछाम फर्किएका स्वाँर फेरी पार्टीमा सक्रिय भएर लागेका स्वाँर संग २०७२ मा पार्टी सभापति भएपछि भएगरेका काम, भावी योजना र अबको अछाम कांग्रेस कस्तो हुनुपर्ला भन्ने बिषयमा सुदूरआज संग गरिएको कुराकानी ।

सुदूरआजको व्यक्ती बिषेश कुराकानीको दोश्रो ऋंखलामा यहाँलाई स्वागत छ ।

धन्यवाद ।

नेपाली कांग्रेसका १३ औँ महाधिबेशनबाट बिजयी भएर यहाँले झण्डै साढे ५ बर्षे कांग्रेस अछामको नेतृत्व गर्नु भयो ? यो अवधिमा पार्टीका लागि के कस्ता गरे जस्तो लाग्छ ?

मैले आफै भन्दा घमण्ड गरे जस्तो हुन्छ । जव म पार्टी सभापती निर्वाचित भँए जिल्लामा पार्टीको नाजुक थियो । पार्टीका कार्यकर्तालाई हेप्ने, कसैले केही गर्न नसक्ने अवस्था थियो । नेकपा एमालेको हाली मुहाली र भिम रावलको दब्दबा थियो । कार्यकर्ताले धेरै दुख पाएका थिए । एक कोठामा पार्टी कार्यालय थियो । हुन त त्यसबेलाको परिस्थिती पनि त्यस्तै थियो । म आफु निर्वाचित भएपछि त्यस कोठामा एक दिन पनि प्रबेश नगरी एक घर भाडामा लिएर आवश्यक सामान व्यावस्था गरेर कार्यालय व्यवस्थित गरे । मेरो सुरुवाती चरण थियो त्यो बेला पनि म गाँउ गाँउमा गएर पार्टीको संगठन निर्माण गर्न कार्यकर्तालाई सक्रिय बनाउन तत्कालीन ७५ गाविसमै कार्यक्रम राख्न लगाए । पार्टीलाई सक्रिय बनाए । कडा रुपमा काम गरयौँ । त्यसपछि स्थानिय चुनाव आयो त्यसमा पनि हाम्रो एक बर्षको उजार्ल काम गर्यो सक्रियताका साथ लाग्यौँ र जिल्लाका अधिकांश स्थानिय निकायमा बिजयी हासिल गर्यौँ । मंगलसेनमा पनि हाम्रो जित निश्चित थियो तर हाम्रै पार्टीकै केही नेताले अन्तरघात गरेका कारण ६५ मतले पराजित भयौँ । १४ वडामा ९ वडा बिजयी भए पनि मेयर हार्यौँ । त्यस्तै साँफेबगरमा पनि आफ्नै साथीहरुका कारण चुनावमा हार व्यहोरयौँ ।

पार्टीमा गुटउपगुटले गर्दा केही स्थानिय तह, प्रदेश र संघिय निवाृचनमा समेत हार व्योहरेको भन्ने कार्यकताको गुनासो छ । प्राय जसो नेताहरु अछाम बाहिर बस्ने चुवानका बेला मात्र पर्यटकका रुपमा गाँउ छिर्ने अनि अन्तरघात पनि गर्ने भएका कारण चुनावमा हार व्यहोरेको भन्छन् नी । तिनिहरुको कसरी मुल्यांकन भयो ?

जति पनि हाम्रा साथीहरु चुनावका बेला बाहिर बाट आएका छ्न । उनिहरुको जिल्ला कार्य समतिमा कुनै सरोकार, जानकारी हुदैँन कसरी आउछन् जान्छन् के गर्छन भन्ने कुरा । हामीसंग अधिबेशनको बातावरण मिलाई दिने मात्र हो । अधिबेशनका लागि केन्द्रबाट निर्वाचन अधिकृत खटेर आएका छन् । समितीले नै काम कारबाही गर्छ । बाहिर बातावरण र सहयोग जुटाएका छौँ । जुन बाहिरबाट अहिले जिल्ला भित्रिएका साथिहरुको कुरा छ त्यो त साथि हरुलाई सहयोग गर्ने कि नगर्ने सबै जिम्मा अहिले चुनिएका क्षेत्रिय प्रतिनिधीको हातमा छ । उनिहरु हिजो कहाँ थिए के गरिरहेका थिए भनेर मुल्यांकन त मतदाताले गर्लान् । यत्रो समय अछामका लागि के गरे भनेर । तर अहिले एकैचोटी आएर कसैलाई महाधिबेशन चाहिने कसैलाई महासमिती चाहिने, पार्टी सभापचि चाहीने भएको छ । यो खासमा राम्रो हाईन यस्तो भएपछि अछाममा दिनरात खटेर काम गरेका नेता कार्यकर्ताको मनोबल कम्जोर हुन्छ । यो छुट्याउने काम प्रतिनिधीको हातमा छ । हाम्रा क्षेत्रिय प्रतिनिधीले पनि आम निर्वाचनका जस्तो मासुभात र आर्थिक प्रलोभनमा लागे भने अछाम कांग्र्रेसको दुर्भाग्य हुनेछ । ईमान्दार प्रतिनिधीले उर्जावान व्यक्ती छनोट गरे भोलीको दिनमा कांग्रेसको भबिष्य सुन्दर हुनेछ । अहिले हामी अछामका सबै वडामा जित्ने लक्ष्यमा पुगेका छौँ । अर्को गुटबन्दीको गन्ध अहिले नै आईरको छ । जुन पार्टीका हितकर हुदैन ।

सही गलत छुट्याउने र पार्टीको नेतृत्व छनोट गर्ने जिम्मा क्षेत्रिय प्रतिनिधीकै हातमा छ । हाम्रा ईमान्दार क्षेत्रिय प्रतिनिधीले उर्जावान र पार्टीका लागि जिल्लामै बसेर दिनरात नभनी खट्ने व्यक्ती छनोट गरे भोलीको दिनमा कांग्रेस अछामको भबिष्य सुन्दर हुनेछ । अहिले पनि हामी अछामका सबै वडामा जित्ने लक्ष्यमा पुगेका छौँ ।

जस्तो पार्टी भित्रै त एक प्रकारको आन्तरिक प्रतिष्पर्धा होला तर चुनाव पछि अन्तर पार्टी चुनावमा पनि मनमुटाव र दुष्मनी राख्ने परम्पराको अन्त्य गर्न के गर्नु पर्ला जस्तो लाग्छ ?

म त अहिले धेरै ठाँउमा गएको छैन । बोलाएको केही ठाँउमा मात्र गएको छु । म त जहाँ पनि बालेको छु त्यहाँ सहमती गरेर आउनुहोस् मिलेर आएमा राम्रो हुन्छ भन्ने गरेको छु । मैले भने भने ओभरटेक गरे जस्तो हुन्छ त्यसैले आफ्नो तरिकाले गर्नुहोला भनेको छु । ापर्टी भित्रै आन्तरिक प्रतिष्पर्धामा पनि तछाडमछाड गर्न आवश्यक छैन् । आन्तरिक पार्टीमा पनि गाली गलोज गर्नु हुदैन त्यस्तो गर्ने मान्छे कांग्रेस हुन सक्दैन । सहि कांग्रेसले कसैलाई गालि पनि गर्दैन । सही र गलत छुट्याउने र पार्टीको सही नेतृत्व छनोट गर्ने जिम्मा पनि क्षेत्रिय प्रतिनिधीकै हातमा छ । ३६४ दिन कांग्रेस भएर १ दिन पार्टीलाई हराउने खेलमा लाग्ने व्यक्तीलाई १४ औँ महाधिबेशनमा चिन्न आवश्यक छ ।

आगमी निर्वाचनमा कांग्रेस अछामली कसरी अगाडी बढ्न आवश्यक छ । बिगतको जस्तो गुटउपगुट र अन्तरघातको अन्त्य होला जसले गर्दा अन्तरपार्टी संग प्रतिष्पर्धा गर्न सहज हुन सकोस् ?

साह्रै राम्रो कुरा उठाउनु भयो । हाम्रो १४ औँ महाधिबेशन लगत्तै स्थानिय चुनाव पनि हुनेवाला छ । यसमा हिजो दिनमा भएका अन्तरघात पाठ अब नेताहरुले पाठ सिकुन भन्ने मेरो कामना छ । आफ्नै पार्टीलाई हराउन कत्तिको जायज हो । त्यो त कार्यकताले पनि मुल्यांकन गर्नु पर्यो । २ नम्बर क्षेत्रमा त खुल्ला रुपमा नै अन्तरघात भयो । ३६४ दिन कांग्रेस हुने तर १ दिन पार्टीलाई हराउने खेल भयो । अन्तरघात गर्नेलाई केन्द्रमा सिफारिस गर्दा पनि कारबाही गरेन । ईमान्दार साथिहरुको मनोबल गिर्ने काम भयो । बदमासी गर्नेको मनोबल उच्च हुने काम भयो । अब फेरी पनि त्यस्तो हुन्छ भने हामीले बेलैमा होस् पुर्याउन पर्छ । अन्तरघाती को छन् पार्टीको लागि बद्मासी गर्ने को छन् त्यो सबै अछामका साथिहरुले बुझेका छन् । त्यस्तालाई मुल्यांकन गर्ने मौका यतिबेला आएको छ । आज सही मुल्यांकन गरे भोलीको दिनमा सही कार्यकर्ताले अछाम कांग्रेसको नेतृत्व गर्नेछन् र संगठन बलियो भएको कांग्रेसलाई अछामी जनताले जिताउनेछन् । दुबै क्षेत्रमा कांग्रेसको उदय हुनेछ ।

कांग्रेसमा युवाहरुको चार्मिगं पनि बढ्दै गएको छ । युवा साथिहरु क्षमतावान, चरित्रवान, नैतिकवान र आचरणयुक्त हुनुपर्छ । मेरो पनि धेरै युवालाई बिजयी गराउन साथ, सहयोग र प्रयत्न रहेनछ ।

कांग्रेस देशैभर १४ औँ महाधिबेशनको सेरोफेरोमा छ । पछिल्लो समय कांग्रेसमा युवाको आर्कषण बढेको देखिन्छ । यसलाई कुन रुपमा लिनु भएको छ ?

युवाको आर्कषण बढ्नु राम्रो हो । म १३ औँ महाधिबेशनमा पार्टी सभापती भएपछि मैले जुनसुकै कार्यक्रममा पनि युवासाथिहरु तपाई अगाडी बढ्नुस् भन्दै आएको छु । अब हामी तपाईहरुको अभिभावक भएर बस्न चाहान्छौँ भनेको छु । हामी सधैँ भरी नेतृत्व गर्न सक्दैनौँ । युवाहरुलाई निखारिदैँ जानसु भन्ने गरेको छु । त्यसै अनुरुप कांग्रेसमा युवाहरुको चार्मिगं पनि बढ्दै गएको छ । युवा साथिहरु क्षमतावान, चरित्रवान, नैतिकवान र आचरणयुक्त हुनुपर्छ । तर युवा भन्ने अछामी जनताले नचिनेको, दिनमा तास खेल्ने, राती साँझपरेपछि रक्सीका भट्टी चहार्ने, एकअर्का संग झगडा गर्ने, गाली गर्ने युवा कांग्रेस हुन सक्दैन । ईमान्दार हुन आवश्यक छ । १४ औँ महाधिबेशनमा मेरो पनि धेरै युवालाई सहयोग र साथ रहनेछ । ति बिजयी हुन भन्ने कामना पनि छ । त्यसका लागि मेरो प्रयत्न रहेनछ ।

हाल सम्म तपाईको आफ्नो आकांक्षा खुलेको छैन् । यद्यपी जिल्ला अधिबेशनलाई कसरी सम्पन्न गर्ने सोचमा हुनुहन्छ । भाबी दिनमा कांग्रेस अछामको नेतृत्व कस्तो खालको हुन आवश्यक छ ।

मेरो र्कतव्य भनेको १४ औँ महाधिबेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नु पहिलो अभिभारा हो । जसरी ९१ वडामा निर्वाद रुपमा अधिबेशन सम्पन्न भएका छन् । कुनै ठाँउमा पनि बिबाद रहित सर्बसम्मत रुपमा काम सम्पन्न भएको छ । त्यो पनि एक उदाहरणिय काम हो । त्यसरी नै गाँउनगर पनि सर्व सम्मत भईरहेको छन् यसमा मैले आफ्नो तर्फबाट सर्बसम्मत होस् भनेर धेरै ठुलो प्रयास गरेको छु । गिभ एण्ड टेकको बाताबरण गराउनुस् भनेको छु । सबैले मेरै गोरुका १२ टक्का नर्गनुस् भन्दै आएको छु । प्रदेश सभा, क्षेत्रयि अधिबेशन र जिल्ला अधिबेशन पनि त्यही तवरले होस् भन्ने मेरो चाहाना छ ।

अब मेरो कुरा गर्नु हुन्छ भने मैले १३ आँै महाधिबेशन पछि पार्टी सभापति भएर गरेको काम घाम जस्तै छर्लंग छ । पार्टीको आफ्नै भवन निर्माण भएको छ । कुनै सरकारी अनुदान बिना मैले मागेर भवन निर्माण सम्पन्न गर्न नेतृत्व गरे । केही गाँउपालिका नगरपालिका र वडाको अनुदान छ । धेरैजसो जनप्रतिनिधी र पार्टीका नेता कार्यकर्ताबाट उठेको लेबी त्यसमा लगाएका छौँ । अहिले पार्टी कार्यालयमा २ जना तलब खुवाएर स्टाफ राखेका छौँ । कार्यालयमा एक टेबुल र दराज बाहेक केही थिएन । मैले आफु सभापती भएपछि फर्निचर भरीभराउ छन् ति सबै पार्टीले किनेका होईन, मैले सहयोग मागेर ल्याप्टप, कम्प्युटर र प्रिन्टर जोडेका छौँ ।

एउटा कुरा धेरै साथिहरुले अहिले पनि पार्टीलाई तिर्नुपर्ने लेबी तिरका छ्र्रैनन् । तपाई संग कुरा गर्ने बेला सम्म १५ लाख उठ्न बाँकी छन् । पूर्व सभापतीको पालमा पनि लेबी उठ्न बाँकी १५ लाख छ त्यति बेला नतिर्नेले अहिले पनि तिरका छैनन् । लेबी नतिर्ने रोग पार्टीमा छ । त्यसको अन्त्य हुनुपर्छ । हाल मेरो कार्यकालमा ५० लाखको हाराहारीमा पार्टीमा नगद जम्मा भएको छ । त्यो हाम्रै सक्रियताले भएको हो । मेरो कार्यकालको रकम वाणिज्य बैँकको मुद्धती खातामा राखेर जानेछु । जिल्ला अधिबेशनको दिन बैँक ब्यालेन्स सिट सबैका हात हातमा बाढ्नेछु । मेरो घमण्ड होईन फेरी पनि साथीहरुले तपाईले नेतृत्व गर्नुपर्छ भनेपछि पछि हट्ने छैन् । बाँकी रहेका अधुरा काम पुरा गर्नुपर्ने छ । पार्टी र कार्यकर्तालाई अनुशासित भएर चलायमान बनाउनु नै अहिलेको अपरिहार्यता हो, त्यसका लागि एक पटक फेरी नेतृत्व गर्नुपर्छ भन्ने ठानेको छु । त्यस्तो खालको खुबी भएको नेतृत्व आउनुपर्छ । अन्त्यमा पार्टीको अधिबेशनलाई आन्तरिक प्रतिष्पर्धा र समान्य रुपमा लिएर सबै अघि बढ्नुहुनेछ भन्ने कामना छ ।