मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँउपालिका र आफ्नो फरक परिचय दिन कपडा उद्योग संञ्चालन : पत्रकार गोविन्द खड्का

गाँउपालिका र आफ्नो फरक परिचय दिन कपडा उद्योग संञ्चालन : पत्रकार गोविन्द खड्का


निकट भबिष्यमै गाउपालिकाका ५० देखि १०० जनालाई रोजगारी प्रदान गर्ने योजना

अछाम : लामो समय देखी निरन्तर पत्रकारीतामा लागिरहेका मेल्लेख गाउपालिका वडा नम्बर ६ का उद्योगी गोविन्द खड्काले मेल्लेख गाउपालिका र आफु स्थानिय भएकाले फरक पहीचान सहीत सामाजिक सेवाका लागी कपडा उद्योग संञ्चालन गरेका छन्।

पहाडी जिल्लामा ग्राम उद्योग संञ्चालन गर्ने पहीलो स्थानिय तह बनेको मेल्लेख गाउपालिकामा पहीलो उद्योगी बनेका खड्काले मेल्लेख गाउपालिकाको औद्योगीक ग्राम संञ्चालन गर्ने परिकल्पनामा निरन्तर गाउपालिका अध्यक्ष लोक बहादुर बोहरासँग योजनासँगै जोड्एिकाले कपडा उद्योग संञ्चालन गर्न सफल भएको बताए ।

रेडियो रामारोशनसँग कुराकानी गर्दै खड्काले गाउपालिकाका अध्यक्ष बोहरासँगको योजना हरेक उद्योगीसँग छलफल पछी आफु आफ्नो गाउमा पहीलो कपडा उद्यमी बन्न तत्पर भए पश्चात संञ्चालन गरेको बताए । तराईका जिल्ला कैलाली र कंञ्चनपुरमा मात्रै कपडा उद्योग संञ्चालनमा रहेको स्मरण गर्दै पहाडी जिल्लालाई समृद्ध सहीत सेवा दिनुपर्छ भनेर यतिबेला आफु लागिपरेको उनको भनाइ छ ।

चाण्डै उद्योगबाट ठुलो नाफा लिने योजना नभएर ब्यापार नभएपनी घाटा त हुदैन भन्ने सिद्धान्तका आधारमा कपडा उद्योग संञ्चालन गरेकाले करिब २/३ बर्ष नाफा कमाउने योजना समेत नभएको सुनाए । करिब ५० लाखको लागतमा अहीले निर्माण भएको ग्राम उद्योगको भौतिक संरचनामा तत्काल २१ लाख लगानी गरेर खड्काले कपडा उद्योग संञ्चालन गरेका हुन्।

असोज महीना भित्र उद्योगलाई अझै ब्याबस्थापन गर्नका लागी बाँकी थप रकम गरेर ३० लाख बराबरको लगानी हुने उनले जानकारी दिए । तत्काल ३ जना दक्ष कर्मचारीबाट कपडा उद्योग संञ्चालन गरिएकाले निकट भबिष्यमै गाउपालिकाका ५० देखि १ सय जना युवालाई तालिम दिएर रोजगारी उपलब्ध गराउने बताए ।

बिशेष गरि स्थानिय सरकार, विद्यालय, स्थानिय सँग जोडिदै जाने ब्याबसाय कपडा उद्योग भएकाले त्यही अनुसार आगामि दिनमा अगाडी बढने बताए । पत्रकारिता क्षेत्रको लामो अनुभव गरेकाले खड्काले तत्काल पत्रकारिता छोडने योजना नभएको बताए ।

उद्योग आर्थिक समृद्धि सहीत समाजसँग जोडिने भएकाले भबिष्यमा म बिना उद्योग चल्न नसक्ने अबस्था आएमा मात्रै पत्रकारिता क्षेत्रबाट बिश्राम लिन सकिनेमा उनको जोड छ ।