मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउन र भदौमा दुई खर्ब ७० अर्ब रुपैयाँ व्यापार घाटा

साउन र भदौमा दुई खर्ब ७० अर्ब रुपैयाँ व्यापार घाटा


काठमाण्डाै – चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

गएकाे वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । भन्सार विभागका अनुसार गएकाे वर्षको २ महिनाको तुलनामा व्यापार घाटा ७० दशमलव ७५ प्रतिशतले हो ।

आयातसँगै निर्यातमा वृद्धि भएको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा १ सय १५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार दुई महिनामा ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार रपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ ।

सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

२ महिनामा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा  १५ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।