मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीकृष्णको पूजा गर्ने विधि

श्रीकृष्णको पूजा गर्ने विधि


हालै हामीले श्रीकृष्ण जन्माष्टमी मनायौ । भगवान् श्रीकृष्णको जन्म रातको १२ बजे हो ।लकडाउनका कारण कति पय मन्दिरहरू खुल्न सकेको थिएन । यो लेखमा आफ्नै घरमा श्रीकृष्ण जन्माष्टमीको पूजा गर्न सक्छौँ, यस विषयलाई उल्लेख छ  ।

श्रीकृष्णको पूजा
– श्रीकृष्ण जन्मको सोहर समाप्त भएपछि श्रीकृष्णको मूर्ति अथवा चित्रको पूजा गर्नुहोस् । -षोडशोपचार पूजा – पञ्चोपचार पूजा ।
जसका लागि भगवान् श्रीकृष्णको ‘षोडशोपचार पूजा’ गर्न सम्भव छैन, उनीहरू ‘पञ्चोपचार पूजा’ गर्नुहोस् । पूजा गर्ने समय ‘सपरिवार श्रीकृष्णाय नमः’ यो नाममन्त्र उच्चारण गर्दै एक-एक उपचार भगवान् श्रीकृष्णलाई अर्पण गर्नुहोस् । भगवान् श्रीकृष्णलाई दही-चिउरा र मखनको भोग लगाउनुहोस् तत्पश्चात् भगवान् श्रीकृष्णको आरती गर्नुहोस् । (पञ्चोपचार पूजा : गन्ध/चन्दन, हलदी-कुमकुम, पुष्प, धूप, दीप र नैवेद्य, क्रममा पूजा गर्नुहोस् ।)

श्रीकृष्णको मानस पूजा
जसले कुनै कारण भगवान् श्रीकृष्णको प्रत्यक्ष पूजा गर्न सक्दैन, उनीहरूले भगवान् श्रीकृष्णको ‘मानस पूजा’ गर्नुहोस् । (‘मानस पूजा’ को अर्थ प्रत्यक्ष पूजा गर्न सम्भव छैन भने तब पूजाको सबै उपचार भगवान् श्रीकृष्णलाई मानस रूपमा (मनद्वारा) अर्पण गर्नुहोस् ।)

पूजापछि नाम जप गर्ने
पूजा गरिसकेपछि केही समयसम्म भगवान् श्रीकृष्णको नाम जप ‘ॐ नमो भगवते वासुदेवाय नमः’ गर्नुहोस् ।

भगवान् श्रीकृष्णलाई अर्जुन समान निस्सीम भक्ति निर्माण
यसपछि भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा दिनु भएको वचन ‘न मे भक्त: प्रणश्यति ।’ अर्थात् ‘मेरो भक्तको नाश हुँदैन’ यो स्मरण गरि हामीमा अर्जुन समान असीम भक्ति निर्माण गर्नको लागि भगवान् श्रीकृष्णलाई  मनपूर्वक प्रार्थना गर्नुहोस् ।