मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनमा चट्याङले ट्रान्सफर्मर जल्दा विद्युत सेवा अबरुद्ध

रामारोशनमा चट्याङले ट्रान्सफर्मर जल्दा विद्युत सेवा अबरुद्ध


अछाम : रामारोशन गाउपालिका वडा नम्बर ५ मा रहेको अपरकैलाश खोला लघु जलविद्युत अबरुद्ध भएको छ । असोज ४ गतेरातिको चट्याङले काटियामा रहेको विद्युतको ट्रान्सफर्मरमा ठुलो क्षति सहीत जलेपछी विद्युत अबरुद्ध भएको हो ।

साविकको रामारोशन गाउपालिका वडा नम्बर ३, ५ र ७ का करिब ३ सय ५० घरधुरीका स्थानियले विद्युत सेवा उपभोग गर्दै आएका थिए ।

गत बर्ष पनी २५ केविको ट्रान्सफर्मर समेत चट्याङले जलेको र ५० केविको समेत एकबर्ष नपुग्दै जलेको लद्यु जलविद्युतका अपरेटर नन्दु बुढाले बताउनु भयो । यसरी विद्युत सेवा अबरुद्ध भएपछी सबै गाउले संञ्चारबाट विहीन भएका बुढाले बताउनु भयो ।

गतबर्ष भाद्र २ गते रातिको अविरल बर्षाले विद्युतको १ सय मिटर कुलो बगाउदा समेत कही कतैबाट मर्मतका लागी सहयोग नभएको उहाँले बताउनु भयो । सबै गाउले मान्छे आफैले श्रमदान गरेर कुलो मर्मत गरेपछी विद्युत सुचारु भएको बताउनु भयो ।

चट्याङले जलेको ट्रान्सफर्मर मर्मतका लागी तत्काल धनगढीमा ईञ्जीनियरलाई खबर भएकाले एक दुई हप्तामा मर्मत हुन सक्ने बताईएको छ । मर्मत गरेपछी करिब १ लाख रकम खर्च हुन सक्ने भएकाले वडा तथा पालिका सरकारले सहयोग गर्नुपर्ने स्थानियको माग रहेको छ ।