मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्दिरा लेख्छिन्–उसले सोध्यो म सँग विवाह गर्छौ ?, मैले भनेँ– एस

इन्दिरा लेख्छिन्–उसले सोध्यो म सँग विवाह गर्छौ ?, मैले भनेँ– एस

सुदूर आज

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्टको फोटोहरु सार्वजनिक गरेकी छिन् । खुम्बुमा पुगेर इन्गेजमेन्ट गरेका उनीहरुको भिडियो बिहीबार राति  टिकटकमा ‘भाइरल’ भएको थियो ।
 
गायिका जोशीले भने शुक्रबार आफ्नो सामाजिक सञ्जालमा प्रेमीले औंठी लगाइदिँदै गरेको फोटो सार्वजनिक गर्दै लेखेकी छिन् । “उसले सोध्यो–म सँग विवाह गछौं ? मैले भनेँ, एस ! आई लभ यु शरद केडिया, हरेकदिन माया दिएकोमा धन्यवाद । मेरो तारा ।” शरद फेसन डिजाइनर हुन् । 

उनीहरुको इन्गेजमेन्टको खबर बिहीबार राति नै मिडियामा आइसकेको छ । गायन प्रतियोगिता ‘नेपाली तारा’बाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनी नेपाल आइडलको तीनवटा सिजनकी निर्णायक पनि हुन् । इन्दिरा पार्श्व गायनमा रुचाइएकी गायिका हुन् । 

तस्बिर : इन्दिराको फेसबुकबाट