मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षेत्रिय सभापति बन्न कसैले रोक्न सक्दैन ः शर्मा

क्षेत्रिय सभापति बन्न कसैले रोक्न सक्दैन ः शर्मा


अछाम । नेपाली काँग्रेसको १४ औँ महाधिबेसनमा क्षेत्र न. २ बाट क्षेत्रिय सभापतीको उम्मेद्धार बनेका पुस्पराज शर्माले यसपाली आफुलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

पञ्चदेवल विनायक नगरपालीका ६ तोलीमा प्रतिनिधि भेटघाटका क्रममा बोल्दै नेता शर्माले यस पटक आफ्नो लगन रहेको बताएका हुन ।

महेन्द्र बहुमुखि क्याम्पसमा २ पटक निर्वाचन हारेको र तेस्रोपटक मात्र जितेको स्मरण गर्र्दै शर्माले आफुले पनि २ पटक क्षेत्रिय सभापती हारेकोमा यसपाली जित निश्चित भएको बताएका हुन ।

पुस्प बहादुर शाहको नेतृत्वमा रहेको प्यानलबाट सभापतीको उम्मेद्धार बनेका शर्माले यसपली सबै शिर्ष नेताको आफुमाथी आशिर्वाद रहेको बताएका हुन ।

प्रनिनिधीहरुको मायाले आफु हौसिएको बताउने शर्माले धेरै मतान्तरले जित हुने दाबी गरेका हुन ।

कार्यक्रममा महासमिति सदस्य बल बहादुर कुँवर, अम्बिका चलाउने, पार्टिका जिल्ला सचिब नम बहादुर शाही, १३ औँ महाधिबेशनका महाधिबेसन प्रतिनिधि सुरत बहादुर विष्ट, पुर्व जिल्ला सचिब राम बहादुर शाही, सहसचिब तथा पार्टि प्रवक्ता बेद प्रकाश तिमिल्सैना, क्षेत्रिय सभापती लक्ष्मण शाह, क्षेत्र न. २ क का सभापतिका उम्मेद्धार ताराप्रसाद खनाल, युवा नेता नवराज चलाउने, ओम जंग रावल, नगर सभापतीका उम्मेद्धार सज्जन बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।