मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँसद बिष्ट र पूर्व सभापति शाह बिच महाधिबेशनमा एक भएर जाने सहमती

साँसद बिष्ट र पूर्व सभापति शाह बिच महाधिबेशनमा एक भएर जाने सहमती


अछाम : नेपाली कांग्रेस अछामका नेता एवंम प्रतिनिधी सभा सदस्य माननिय रामबहादुर बिष्ट र नेपाली कांग्रेस अछामका पूर्व सभापती पुष्प बहादुर शाह बिच सहमती हुने भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत अछाम जिल्लामा हुने क्षेत्रिय र जिल्ला अधिबेशनलाई एकता, सहमती र सहकार्यको महाधिबेशन बनाउन एक भएर अघि बढ्ने सहमती भएको हो ।

नेता बिष्ट र शाह बिच एक भएर अघि बढ्ने सहमती भएको बिष्ट निकट नेता रामबहादुर शाहीले बताए । नेता शाहीका अनुसार फर फरक तरिकाले चुनावी प्रतिष्पर्धा गर्नु भन्दा एक भएर अगाडी जाने कुरा भएको छ ।

नेपाली कांग्रेसको पञ्चदेवल बिनायक नगरपालिकाको तोलीमा आयोजित कार्यक्रममा बोल्दै नेता शाहीले उक्त कुरा सार्वजनिक गरेका हुन्

नेता शाही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ क्षेत्रीय कार्यसमितिका सभापति पदका उम्मेदवार पुष्प राज शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्य समितिका सभापति पदका उम्मेदवार ताराप्रसाद खनाल र नगर कार्यसमितिको निर्वाचनमा सज्जन बहादुर शाहीलाई साथ सहयोग रहने बताए ।