मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युरोपमा मादक पदार्थको कर दोब्बर बनाउन डब्ल्यूएचओको सुझाव

युरोपमा मादक पदार्थको कर दोब्बर बनाउन डब्ल्यूएचओको सुझाव


काठमाण्डाै – युरोपमा मादक पदार्थको कर दोब्बर पार्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुझाव दिएको छ । कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ ।

मादक पदार्थको कर वृद्धिलाई क्यान्सरको रोकथाम गर्न उपयुक्त र प्रभावकारी कदम हुने अपेक्षा गरिएको छ । डब्ल्यूएचओको सिफारिस लागू भएमा मादक पदार्थको सेवनबाट हुने क्यान्सरसहित उच्च रक्तचाप, कोलेस्टेरोल, कलेजो, मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार ४८ लाख क्यान्सरका रोगीहरू बर्सेनि युरोपमा मात्र भेटिने गरेका छन् । सुझाव कार्यान्वयन भएमा दश हजार सात सय क्यान्सरबाट हुने थप मृत्यु घटाउन सकिने प्रक्षेपण गरिएको छ ।

युरोपका २७ देशमा मादक पदार्थको कर न्यून रहेको छ ।