मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाटो नहुदा नुरीका स्थानीयलाई सास्ती

बाटो नहुदा नुरीका स्थानीयलाई सास्ती


बाजुरा : जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीयलाई गाउँ देखि कोल्टी सम्म जाने बाटो नहुदा सास्ती भोग्नु परेको छ।

उनीहरु बाटो नहुदा ज्यान जोखिम राखेर आवतजावत गरिरहेका छन । गत बर्षको भदौ महिनाको अन्तिममा आएको बाढीले खोलामा भएको हिड्ने बाटो बगेपछी उनीहरुलाई समस्या भएको हो।

हिड्ने बाटो सम्म नहुदा नुरि भुल्याना खुवाका स्थानीय महिलाहरु सुत्केरी हुने महिलालाई कोल्टी प्राथमिक स्वास्थ्य संस्था सम्म लैजानका लागि सारै समस्या हुने गरेको छ ।

अहिले मेलामा सानो गोटरेटो बाटोमा ज्यान जोखिममा राखेर भारी बोकेर यताउता आउने जाने गरेको स्थानीयले गुनासो गर्नु भएको बुढिनन्दा नगरपालिका नुरिका स्थानीय बासी मन बहादुर रोकायाले बताए ।

अलि कति भएपनि गाउँमा उत्पादन गरेको आलु स्याउ अनि तरकारी बजार लैजाने गर्दछौं तर हिड्ने बाटो अप्ठ्यारो भएकोले अहिले हामीले ज्यानलाई जोखिम राखेर बजार जानू पर्ने भएको छ उनले भने।

मानिस बिरामी भएपछि बोकेर जस्तो तसो कोल्टी पुर्याउनु पर्ने बाध्यता रहेको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय मन बहादुर बोहराले बताएका छन ।

प्रदेश संघ र स्थानीय सरकारले नुरी बासीको अहिले सम्म कुनै पीडा नै बुझेको छैन हामीलाई हिड्ने बाटो छैन गाउँका मान्छे बिरामी भएको बेला स्टेचरमा बोकेर कोल्टी पुगाउन पछि समस्या हुने गरेको रोकायाको दुखेसो छ।