मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटको सदरमुकाम मान्म– खाँडाचक्र सडक खण्ड बन्द

कालीकोटको सदरमुकाम मान्म– खाँडाचक्र सडक खण्ड बन्द


कालीकाेट – कालीकाेटको सदरमुकाम मान्म–खाँडाचक्र सडक खण्ड बन्द भएको छ । डोजर बोकेको ट्रक सडकमै पल्टिएपछि हिजो दिउँसोदेखि राजमार्ग बन्द भएको हो ।

नेपाल प्रहरी र स्थानीयले सडक छेउबाट सहायक सडक बनाएपछि साना गाडीहरु चले पनि मालवाहक तथा ठूला गाडीहरु सदरमुकाममै जाम लागेर बसेका छन् ।

खाँडाचक्र नगरपालिकाको शेरिघाटदेखि खडिखोल्लासम्म सडक हिलाम्मे छ । हरेक वर्ष बन्द हुने यो सडक सञ्चालनका लागि पालिकाले कुनै चासो नदेखाएको नागरिकको गुनासो छ ।