मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१०९८ को प्रभावकारीता राम्रो छ : प्रजिअ आचार्य

१०९८ को प्रभावकारीता राम्रो छ : प्रजिअ आचार्य


कालीकोट : कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बालबालीका प्रति संबेदनशिन हुन सबै पक्षसंग आग्रह गरेका छन् ।

बाल हेल्पलाईन १०९८ कालिकोटको समन्वय समितिको बैठको अध्यक्षता गर्दै प्रजिअ आचार्यले १०९८ लाई थप प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले बालबालिकालाई जोखिममा पर्नबाट जोगाउन बाल हेल्पलाईनका राम्रो भुमिका रहेको बताए।

सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखद्धारा सञ्चालनमा रहेको बाल हेल्पलाईनले गएको चैत्र देखि हाल सम्म १०९८ का माध्यमबाट प्रभावकारी रुपमा काम गरीरहेको बैठकमा सहभागि सरोकारवालाले बताएका छन ।

बैठकमा सिडिओ आचार्य, खाडाचक्र नगरपालीकाका नगर उप प्रमुख विजया विष्ट, कालिकोट प्रहरी प्रमुख चक्र बहादुर शाह, सोसेक दैलेखका उप कार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगायत सरोकारवाला तथा समिति सदस्यरुको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी सरोकारवालाले १०९८ लाई प्रभावकारी बनाउन प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका छन । बाल हेल्पलाईन सुरु भए यता ५ सय बढिले सेवा लिएका छन ।