मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थीले अतिरिक्त ज्ञान सिपमा पनि ध्यान दिनु पर्ने : उपप्रमुख बुढथापा

विद्यार्थीले अतिरिक्त ज्ञान सिपमा पनि ध्यान दिनु पर्ने : उपप्रमुख बुढथापा


अछाम । जिल्लाको साँफेबगरका नगर उप प्रमुख विर्मला वुडथापाले विद्यार्थीको कितावी ज्ञानका साथै अतिरित ज्ञान सिपको विकास हुनु पर्नेमा जोड दिएकी छिन् ।

आज साँफेबगरमा ५७ औँ बाल दिवसको अवसरमा आयोजित माध्यामिक विद्यालय स्तरीय कविता रचना तथा वाचन कार्यक्रममा वोल्दै नगर उप प्रमुख बुडथापाले विद्यार्थिको क्षमता अभिबृद्विका लागि शिक्षक र अभिभावकले वालवालिकाको आवश्यकता र चाहाना अनुसार अध्ययन गराउनु पर्ने बताइन् ।

उप प्रमुख वुडथापाले बालवालिको पढ्न पाउने अधिकारलाई कसैले वञ्चित गर्न नहुने बताईन । सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने मुल नाराकासाथ साँफेबगर नगरपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाको को आयोजना र वाक नेपाल र आस्था नेपालको सममन्वयमा कार्यक्रम सञ्चालन भएको थियो ।

महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा साँफेबगर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता बालगिरी कँुवर , नगर कार्यपालिकाका सदस्य जित बहादुर निसानि , निमिक्त प्रमुख प्रसासकिय अधिकृत पुष्प बुढा, प्रसासन शाखा प्रमुख शंकर थापा , सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख देवसरा थापा, शिक्षा शाखा प्रमुख हिरा दत्त भट्ट , राजश्व शाखा प्रमुख लक्ष्मी ढुंगाना त्रिपुरा सुन्दरी क्याम्पसका प्रतिनिधि दत्तराज भण्डारी , वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवर , आस्था नेपालका प्रमुख हिरा सिंह सार्कि , वाक नेपाल महिला सशक्त्तिकरण परियोजनाका अधिकृत सत्य स्वाँर लगाएतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बर्चहिल एकेडेमिका छात्रा प्रतिक्षा कुँवर प्रथम , बुढाकोट मा.विका छात्रा कृणा कुँवर ,त्रिपुरा सुन्दरी मा.बिका छात्रा प्रतिक्षा रेग्मी त्रीतिय , र घुघुरकोट मा.बिका छात्रा करीष्मा खड्का चौथा भएका छन ।

कार्यक्रममा ६ वटा बिद्ययालयका बिद्ययार्थिले सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन झंकर प्रसाद खनालले गरेका थिए ।