प्रदेश समाचार

मेल्लेख गाउँपालिकाले अब आफ्नै प्रशासनिक भवन बाट सेवा दिने

नवनिर्मित प्रशासनिक भवनको अध्यक्ष बोहराले गरे उद्घाटन

अछाम । मेल्लेख गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । नवनिर्मित भवनको सोमबार गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले एक समारोहका विच उदघाटन गरे ।

भवन उदघाटन गर्दै गाउँपालिका अध्यक्ष बोहराले निर्वाचित भएको बेला र अहिलेको अवस्थालाई आम जनाताले बुझिदिन आग्रह गरे । गाउँपालिकाले सधैंव आम नागरिकको सेवामा लागिएको र आम नागरिककले समेत चासो राख्नुपर्ने बताए ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने मेल्लेख अध्यक्ष बोहराको विश्वास छ ।

मेल्लेख गाउँपालिकाले सधै समृद्धिका सपना देख्ने गरेको र ती सपनाहरुलाई पछ्याएर अघि बढिरहेको बोहराले बताए । उनले आगामी दशैं सम्म मेल्लेख गाउँपालिकाको वडा नं १, २ र ३ मा कुटिल उघोग स्थापना गरिसक्ने प्रतिबद्दता जनाए ।

साढे दुई तले प्रशासनिक भवन निर्माणका लागि २ करोड १५ लाख लागत लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिर्घ खड्काले बताए । गाउँपालिकाका सबै सेवाहरु अव नयाँ भवनबाट संचालन गरिने छन ।

भवनको उदघाटन संगै गाउँपालिकामा सूचना प्रविधि केन्द्रको समेत उद्धाटन गरिएको छ। सबैले मेल्लेख सूचना प्रबिधि केन्द्रबाट गाउँपालिकाबाट गरेका गतिविधि हेर्न सकीने सूचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न