प्रदेश समाचार

मेल्लेख गाउँपालिका : प्रशासनिक भवनको उद्घाटन हुदैँ

१५ सैयाको आधारभूत अस्पताल पनि उद्घाटन गरिँदै

अछाम : जिल्लाको मेल्लेख गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन हुने भएको छ । गाउँपालिकाको नव निर्मित भवनको निर्माण कार्य पुरा भएपछी उद्घाटन हुन लागेको पालिकाले जनाएको छ।

भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पनि पुरा भएको पालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिए । प्रशासनिक भवन सँगै मेल्लेख गाउँपालिकामा १५ शय्याको अस्पतालको समेत भोलि (सोमबार) उद्घाटन गरिँदै छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराका अनुसार १५ शैय्याको आधारभूत अस्पतालको सोमवार बिहान र प्रशासनिक भवनको दिउसो औपचारिक रूपमा उद्घाटन गरिने छ । उद्घाटन कार्यक्रमका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताए ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने अध्यक्ष बोहराको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न