प्रदेश समाचार

समाजसेवी तथा कांग्रेस अछामका नेता शाहद्वारा बयालपाटा अस्पताललाई अक्सिज कन्सन्टेटर सहयोग

अछाम : समाजसेवी तथा नेपाली कांग्रेस अछामका नेता राजेन्द्र बहादुर शाहले बयालपाटा अस्पताललाई अक्सिज कन्सन्टेटर सहयोग गरेका छन् ।

समाजसेवी नेता शाहले आईतबार एक कार्यक्रमका बिच ५ थान अक्सिजन कन्सन्टेटर अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकलाई हस्तान्त्ररण गरेका थिए ।

अस्पताललले यस क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेको भन्दै उनले अक्सिजन कन्सन्टेटर सहयोग गरेका हुन् । कोभिड १९ को महामारीमा पनि अस्पतालले सेवा प्रदान गरेकोमा शाहले खुशी व्यक्त गरेका थिए ।

सहयोगका लागि अस्पतालका मेडिकल निर्देशक डा. पाठकले शाहलाई धन्यवाद ज्ञापन गरेका थिए । शाहले यसअघि पनि बेला बेलामा अछाम जिल्लामा सहयोग गर्दे आईरहेका छन् ।

अप्ठेरो परोको बेला समाजसेवी तथा मनकारी भावनाका शाहले अछामी जनताको पिर मर्कामा मलहम लगाउने काम गरिरहेका छन्। अस्पताल, बाढी पिडित क्षेत्र, बिद्यालय लगायतका क्षेत्रमा शाहले सहयोग गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न