प्रदेश समाचार

समाज परिवर्तनमा वाक नेपालको भुमीका अग्रणीः जिसस प्रमुुख कुुवर

अछाम : जिल्ला समन्वय समिती अछामका प्रमुुख नर बहादुर कुुवरले सामाजिक क्षेत्रमा काम गर्दै आएको वाक नेपाल संस्थाले समाज परिवर्तनमा अग्रणी भुुमीका खेलेको बताएका छन् । विभिन्न दातृ निकायको सहाकार्यमा वाक नेपालले संञ्चालन गरेका अभियान उपलब्धी मुलक बन्दै गएकाले आगामी दिनमा निरन्तर प्रभावकारी बन्दै जानुुपर्ने कुवरले बताए।

पहुँच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपाल अछामको आर्थिक बर्ष २०७७/०७८ को सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रमुुख अतिथीको आशनबाट बोल्दै प्रमुख कुुवरले विभिन्न परियोजना मार्फत सुरु भएका हरेक क्रियाकलापमा आफुु जोड्दिै आएकाले समाजमा आएको परिवर्तनले खुशि तुल्याएको बताए ।

वास्तविक वर्गको क्षेत्रमा कार्यक्रम पुुग्न सफल भएकाले हरेक नागरिकले अपनत्वको भावना बिकास गर्दै जानुुपर्नेमा उनको जोड थियो । रेडियो रामारोशनमा प्रत्यक्ष प्रशारण सहीत भएको कार्यक्रममा बिशिष्ट अतिथी मंगलसेन नगरपालिकाका प्रमुुख पदम बहादुर बोहराले वाक नेपालसँग निरन्तर जोड्एिकाले समाजमा आएको परिवर्तन मुुल्याकंन गर्न लाएक भएको बताए ।

अहीले मंगलसेन नगरपालिकासँग सिमीत कार्यक्रम रहेकाले आगामी दिनमा अझै संस्थासँग समन्वय गर्दै कार्यक्रम थप्दै जाने बताए । शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेकाले अझै प्रभावकारी बन्दै जाने बताए । कृषि, युवाका क्षेत्रका कार्यक्रमका लागी आफ्नो पालिका समन्वय सहकार्य गर्दै अघि बढन तयार रहेकाले वाक नेपाललाई सहकार्य गर्न समेत नगरप्रमुुख बोहराले आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष वाक नेपालका अध्यक्ष मिन बहादुर कुुवरले हरेक क्षेत्रबाट थुप्रै सुुझाव सल्लाह प्राप्त भएकाले आगामी दिनमा कार्यक्रम अझै ब्यबस्थित गर्दै लैजाने बताए । आफ्नो संस्था मार्फत भएका कार्यक्रम सफल भएकाले लाभान्वीत वर्ग समेत हर्षित भएका बताए ।

परिक्षण कार्यक्रममा टेलिफोन मार्फत तुर्माखाँद गाउपालिकाका अध्यक्ष पुुष्पराज शर्मा, कमलबजार नगरपालिका वडा नम्बर ४ का अध्यक्ष ललित ढोली, वल्र्डभिजन ईन्टरनेशनल नेपालका पश्चिम फिल्ड कार्यालयका कार्यक्रम प्रमुुख केशबराज भट्टले शुुभकामना सहीत सुुझाव मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रत्यक्ष टेलिफोन विभिन्न स्रोता र लाभान्वीत ब्यक्तिले वाक नेपाल मार्फत भएका राम्रा कामको प्रशंसा गरेका थिए । सामाजिक परिक्षण कार्यक्रममा ईभेन्ट अडिटको कार्य र बार्षिक बजेटको बारेमा संस्थाका लेखा तथा प्रशासन संयोजक ईश्वर प्रसाद उपाध्याय, आर्थिक बर्ष २०७७/०७८ को संस्थाको प्रगतिको अवस्था, जनशक्ति, मुख्य उपलब्धि, सिकाई, राम्रा अभ्यास, कोषको विविधताको अवस्था, आर्थिक प्रगति लगायतका विषयमा कार्यक्रम ब्याबस्थापक चेतराज जोशीले जानकारी गराएका थिए ।

दातृ संस्था युएसएआईडी, युनेस्को, सेभद चिल्डेन, वल्र्डभिजन, मर्सिकोर, आरडब्लुु, केएनएच, सप्रोस नेपाल, एनएपी प्लस एनको आर्थिक सहयोगमा वाक नेपाल मार्फत समुदाय स्तरमा यूवा शसक्तिकरण, एच. आई. भी. एड्स, मातृ बाल स्वास्थ्य, शसक्तिकरण र उत्थानशिलताका माध्यम मार्फत महिला तथा किशोर किशोरीको संरक्षण, एचआईभि टिभी, मलरिया बिरुद्ध सचेतिकरण, भकारी, उत्थानशिल जीविकोपार्जन तथा पोषण, युरेका, सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण, युुरेका र बृहत यौनिकता शिक्षा परियोजना कार्यक्रम लागु रहेको छ ।

वाक नेपालका उपाध्यक्ष बल बहादुर केसी स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न