मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एमाले फुटको असर : जिल्ला अध्यक्ष कुवँर सहितका नेता एकिकृत समाजवादीमा

अछाममा एमाले फुटको असर : जिल्ला अध्यक्ष कुवँर सहितका नेता एकिकृत समाजवादीमा


अछाम । नेकपा एमाले औपचारिक रुपमा फुटेपछि यसको असर जिल्ला तहसम्म समेत देखिन थालेको छ । नेकपा एमाले बाट अलग भएर पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नयाँ पार्टी नेकपा एकिकृत समाजवादी दर्ता गराए पछि यसको असर जिल्ला तहसम्म देखिन थालेको हो ।

नेकपा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधान एवंम गृह मन्त्री डा. भिम रावलको गृह जिल्लामा पार्टी फुटको असर तल्लो तह सम्मै देखिएको छ ।यसअघि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकै खेमामा रहेका नेता रावलले पार्टी टुक्रयाउन असहमत भएर एमालेमै रहने निर्णय गरेपछि उनि निकटका जिल्ला तहका नेता माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी कै पक्षमा खुलेका छन् ।

उनलाई साथ दिदैँ आएका जिल्ला देखि प्रदेश तहका केही नेता माधव नेपाल पक्षमा उभिएका छन् । उनको आफ्नै क्षेत्रका अधिकांश प्रभावशाली नेता नेकपा एकिकृत समाजवादीको पक्षमा देखिएका हुन् । रावलकै गृह जिल्लाका नेकपा एमाले अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य समेत रहेका नेता शेर बहादुर कुवँर एमाले छोडेर नेकपा एकिकृत समाजवादीमा लागेका छन् ।

कुँवरले माधव नेपाललाई पहिले देखि नै साथ दिदैँ आईरहेका छन् । डा. भिम रावल २०५१ सालमा पर्यटन राज्यमन्त्री हुदाँ रावलका स्वकिय सचिव रहेका कुवँरलाई रावलले नै राजनितिमा डोर्याएका थिए । रावल निकट मानिएका उनको क्षेत्रका नेता कुवँर पार्टी टुक्रिएसंगै नेकपा एकिकृत समाजवादीमा लागेका हुन् ।

नेता कुवँरले नयाँ भिजन र दृष्टिकोणका साथ देशलाई समाजवादतर्फ लैजाने उदेश्य साथ युवा पंक्तिको बाहुल्यता रहनेगरी स्थापना भएको ’नेकपा (एकीकृत समाजवादी)’ पार्टीमा आबद्ध हुन आग्रह समेत गरेका छन् । निष्ठाको राजनिती मेरो आदर्श हो, कुवँरले सामाजिक सञ्जालमा भनेका छन् आफु कहिल्यै पनि जातियता र क्षेत्रीयताको राजनिती गरेको छैन गर्न पनि गर्दिन ।

कुवँरको समाजवादी रोजाई संगै उनि निकट रहेका नेताहरु समाजवादी पार्टीमा पुगेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलकि प्रमुख सचेतक दुर्गा बिक पनि नेकपा एकिकृत समाजवादीमा लागेकी छ्न । यसअघि उनले गृह जिल्लाका नेता भिम रावललाई साथ दिर्दै आएकी थिईन् । नेता रावल नेकपा एमालेमै रहेपछि बिकले पनि रावलको साथ छोडेकी छन् ।

नेकपा एमालेका प्रदेश सदस्य शंकर भण्डारी पनि नेकपा समाजवादीमा लागेका छन् । अछाम क्षेत्र नं. २ का प्रभावशाली नेता भण्डारीले रावलको साथ छोड्दै माधव नेपाललाई साथ दिएका छन् ।

नेता भण्डारी संगै प्रदेश सदस्य धुर्वा कुँवरले माधव नेपालले नेतृत्व गरिरहेको नेकपा समाजवादीलाई साथ दिएका नेता भण्डारीले बताए । अधिकांश प्रदेश सदस्यहरु पनि आफ्नो पक्षमा रहेको नेकपा एकिकृत समाजवादीको दावी छ ।

रावलको गृह नगरकै प्रमुख र पालिका ईन्चार्ज पनि नेकपा एकिकृत समाजवादीमा ।

नेकपा एमालेका उपाध्यक्ष रावलकै गृह नगरका नगर प्रमुख कुल बहादुर कुँवर पनि रावलको साथ छोड्दै नेकपा एकिकृत समाजवादीमा लागेका छन् । एमाले प्रदेश कमिटी सदस्य रहेका कुवँर नेकपा एकिकृत समाजवादीको काठमाण्ठौमा भएको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेलामा सहभागी भएका थिए ।

उनले नेकपा समाजवादीका नेता एमाले अछामका अध्यक्ष समेत रहेका राष्टिय सभा सदस्य शेर बहादुर कुवँरलाई साथ दिएका हुन् । यस्तै नेकपा एमाले साँफेबगर नगरपालिका इन्चार्ज सिलोज कुँवर पनि नेकपा समाजवादीमा खुलेको स्रोतको भनाई छ । नेता कुवँरकै गृह पालिका चौरपाटी गाँउपालिका अध्यक्ष हर्क साउद पनि कुवँर अर्थात नेकपा समाजवादी एकिकृतकै पक्षमा उभिएका छन् ।

नेकपा एमाले अछामका उपाध्यक्ष हिरेन्ड भट्टराई, जिल्ला सचिव नवराज साउद, जिल्ला सदस्य एवंम कार्यालय सचिव नमराज न्यौपाने लगायतका जिल्ला तहका अधिकांश नेता नेकपा एकिकृत समाजवादीको पक्षमा रहेका नेता न्यौपानेले बताए । यस्तै नेकपा एमाले अछामका अधिकांश जिल्ला कमिटी सदस्य तथा जनबर्गिय सङ्ठनका प्रमुखहरु पनि नेकपा एकिकृत समाजवादीमा रहेका उनको दावी छ ।

अखिलका जिल्ला अध्यक्ष शंकर बिष्ट पनि नेकपा एकिकृत समाजवादीकै पक्षमा उभिएका नेता न्याैपानेले जानकारी दिएका छन् ।