मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूस्वर्ग बडिमालिका, अलौकिक सौन्दर्यता (तस्बिरहरु)

भूस्वर्ग बडिमालिका, अलौकिक सौन्दर्यता (तस्बिरहरु)


बाजुरा — बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा तिर्थालु तथा पर्यटकहरु फर्किएका छन
बडीमालिकाको दर्शन पछि जनैपुर्णिमाका दिन लाग्ने नाटेश्वरी मेलामा दर्शनार्थी तथा पर्यटकहरुको मेला लागेको थियो ।

आइतबार विहान देखि बडीमालिकाको दर्शन गरेर फर्किएका दर्शनार्थी र जिल्लाका विभिन्न गाउँबाट गएकाको नाटेश्वरी माताको दर्शन गर्नका साथै जात्रा हुने गरेको स्थानियले बताएका छन् ।

बडिममालिका पछिको दोस्रो शक्ति पीठमा रुपमा रहेको धार्किक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीमा रक्षा बाँध्ने,बोकाहरुको वली दिने प्रचलन रहेकको छ । नाटेश्वरीमा मन्दिरमा कालिका भगवती लाई सम्झेर बोकाको बली दिने प्रचलन रहेको स्थानीय प्रेमराज पाध्यायले बताएका छन् ।

बडीमालिकाबाट फर्किएकाहरुले चतुर्दशीका दिन रात भरी देउडा खेल्ने मागल गाउने गर्छन् । बडिमालिको दर्शन पछि नाटेश्वरीमा पुजा गर्दा मानोकांक्षा पुरा हुने जन विश्वास रही आएको पाधयायले बताए ।

नाटेश्वरी मातालाई बोकाको बली चढाउदा मनको इच्छा पुरा हुने र निःसन्तान भएकालाई सन्तानको वर दिने जस्ता धार्मिक विश्वास रही आएकाले बडीमालिका पुजाको पछिल्लो दिन नाटेश्वरीमा पुजा लाग्ने गरेको पुरानो बिश्वास रहि आएको छ ।

बडीमालिकाको दर्शनका नेपालका बिभिन्न जिल्ला तथा भारतबाट समेत दर्शार्थी तथा पर्यटक आउने गर्दछन् । डीमालिकामा बाजुरा, डोटी, अछाम, जुम्ला, कालिकोट लगायतका जिल्लाबाट सरकारी पुजा टोली नै आउने गर्दछ ।

हरेक वर्ष चतुर्दशीका दिनमा लाग्ने मेलामा माताले मनोकांक्षा पुरा गर्ने र सन्तान नभएकालाई सन्तान दिने विश्वास रहेकाले बडीमालिकाको पुजा लाग्ने गरेको हो ।

फोटो : लोकराज ढकाल, अछाम