मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनमोहक जनाली झरना (तस्बिरमा हेर्नुस्)

मनमोहक जनाली झरना (तस्बिरमा हेर्नुस्)


अछाम । जिल्लाको मंगलसेन नगरपालिकामा पर्ने जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। नगरपालिकाको वडा नम्बर ७ मा पर्ने झरनाका बारेमा प्रचार प्रसार संगै चहलपल बढेसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो ।

केहीदिन पहिले मात्र सुदुर आजमा पर्यटकको पर्खाइमा जनालि झरना भन्ने विषयमा समाचार प्रकाशित भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

झरना हेर्न र त्यहाँ रमाइलो गर्न अहिले हरेक दिनजस्तो ५० भन्दा बढी आन्तरिक पर्यटक जाने गरेका छन् । अरु भन्दा फुर्सदको दिन शनिबार भने डेढ सय जनाजति त्यहाँ पुग्ने गरेका स्थानीय पत्रकार सुशील भण्डारीले बताए ।

पर्यटकको प्रचुर सम्भावना बोकेको झरनाको विकास गर्नु पर्ने आवाज यति बेला चर्को रुपमा उठ्न लागेको छ। आन्तरिक पर्यटकको गन्तब्य रहेको झरनाको उचित संरक्षण र प्रबर्धनको लागि स्थानिय सरकारले ध्यान दिनु पर्ने नागरिकको भनाइ छ।

झरनासम्म पुग्नका लागि ठुलासैन देखि जाल्पा देवी मावि सम्मको बाटो सुधार गर्नु पर्ने र झरना नजिक पुग्ने सम्म बाटो पुर्याउनु पर्ने माग उठिरहेको छ। बाह्रै महिना एक्नासो र वर्षामा अझ बढी पानीले झरना मनमोहक र हेर्न लायक हुने स्थानीय बताउछन।

झरना पुग्नका लागि गोरोटो बाटो पनि सुधार गर्नु पर्ने र पर्यटन संगै धार्मिक आस्थाको रुपमा रहेको उक्त क्षेत्रमा झरना नजिक मन्दिर पनि निर्माण गर्नु पर्ने स्थानीयको माग छ।