मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनमोहक जनाली झरना पर्यटकको पर्खाईमा

मनमोहक जनाली झरना पर्यटकको पर्खाईमा


अछाम । जिल्लाको मंगलसेन नगरपालिकामा पर्ने जनाली झरना प्रचार प्रसार अभावमा रहेको । नगरपालिकाको वडा नं. ७ अन्र्तगत जनाली रवमा पर्ने झरनाको बारेमा आवश्यक प्रचार प्रसार नुहदाँ ओझेलमा परेको हो ।

झरनाको बारेमा सम्बन्धीत सरोकारवालाको ध्यान नजादाँ ओझेलमा परेको स्थानिय धर्म राज जैशीले बताए । पर्यटकको मनै लोभ्याउने झरनाका बारेमा कसैलाई पनि जानकारी नहुन दुखद भएको उनले बताए ।

तल र माथी गरेर दुई वटा मनमोहक झरना रहेको उक्त ठाँउमा पछिल्लो समयमा भने आन्तिरक पर्यटकहरु जाने गरेका छन् । शनिबार मात्रै जिल्ला अस्पतालमा कार्यरत र अन्य गरेर ३० जना त्यहाँ पुगेको स्थानिय स्वास्थ्यकर्मी धर्मराज जैशीले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाका बारेमा नगरपालिका तथा वडा कार्यालयले पनि चाँसो नदिएको स्थानियको आरोप छ । जनाली झरना मनोरम दृष्यले भरपूर्ण मनामोहक ठाँउ छ, शनिबार त्यहाँ पुगेका आन्तरिक पर्यटकहरुले सुदूरआजलाई बताए ।
गर्मीयाममा गर्मी छल्नका लागी पनि उचित गन्तव्य हुन सक्ने स्थानिय स्वास्थ्यकर्मी दिलप साँउदले बताए ।

तत्कालिन जनाली बण्डाली गाविसको वडा नं. ९ मा पर्ने झरनाका बारेमा हाल सम्म पनि कुनै सुनुवाई हुन सकेको छैन् । वडा कार्यालयलले जिल्लाको एक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकालाई सिफारिस सहित आग्रह गर्नुपर्ने स्थानिय अगुवा योग यात्री बिष्णुले बताए ।

तत्कालिन कालाँगाउ गाविसको कालापानीको हिमिने लेखबाट मुहान भई बग्ने रवा तत्कालिन कमलबजार नगरपालिका वडा नं. ६ विरपथ र मंगलसेन नगरपालिका वडा नं. ७ जनालीबाट लोडे घाट हुदैँ सेतीमा मिसिने गरेको छ ।

आफले यसअघि पहिलो पटक जनाली झरनाको प्रचार प्रसारका लागि मातृभूमि कविता संग्रह नामक पुस्तकमा गितहरुले लेखेको स्मरण गरे ।
झरनाको बारेमा सरोकारवाला मौन रहेपनि आफु २०६२ साल तिर नै प्रचार प्रसारका लागि गित मार्फत प्रष्फुटन गर्न खाजेको यात्रीले बताए ।

झरना हेर्न कसरी पुग्ने ?

जनाली झरना हेर्नका लागि सबै भन्दा पहिले मंगलसेन नगरपालिका अन्र्तगत वडा नं. ६ ठुलासैन पुग्ने त्यहाँ सम्म पिच बाटो रहेको छ । जिप, मोटरसाईकल, बसको यात्रा गरेर त्यहाँ सहजै पुग्न सकिन्छ ।

त्यसपछि मंगलसेन नगरपालिकाको वडा नं. ७ को वडा कार्यालय हुदै जाल्पा माध्यामिक बिद्यालयसम्म मोटरसाईक तथा जिपको यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । त्इसपछि २० मिनेट हिडेर सहजै जनाली झरनामा पुग्न सकिन्छ ।