कला साहित्य / मनोरञ्जन

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

काठमाडौं- अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।

भट्टा घाइते भएपछि फिल्मको छायांकनसमेत रोकिएको छ। भारतको लखनउमा छायांकन भइरहेको फिल्मको छायांकन केही दिनका लागि रोकिएको हो। 

विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको हो। उनको घुँडामा रगत जमेकाले दुई साता आराम गर्न चिकित्सकले सुझाव दिएका छन्।

फिल्म आक्रोशलाई सन्दिप सिंहले निर्देशन गरिरहेको छन्। फिल्ममा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगरलगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गणेश जंग रावलले निर्देशन गरेको गोठालो गीत सार्वजनिक (भिडियो सहित)
असोज २६ गते नेपाली चलचित्र रिलिज हुने, निर्मातालाई ५५ प्रतिशत सेयर
गायक रावलको दोस्रो गित “सम्झना आउछकी” सार्वजनिक (भिडियो सहित)
इन्दिरा लेख्छिन्–उसले सोध्यो म सँग विवाह गर्छौ ?, मैले भनेँ– एस