मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु

सुदूर आज

काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ। आजदेखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ। 

आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्ने छ। पिसिआर पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने आयोगले जनाएको छ। 

आयोगका अनुसार आज एमबिबिएस, भोली १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ। 

आयोगले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा नै परीक्षा हुने जनाएको छ। काठमाडौंसहित बाहिर जिल्लामा पनि परीक्षा हुने छ।