मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १३ लाख बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप (कुन प्रदेशमा कति)

नेपालमा १३ लाख बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप (कुन प्रदेशमा कति)


काठमाडौं – नेपालमा हालसम्म १३ लाख बढीले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन्। कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप गरी १३ लाख १२ हजार १२ जनाले पूर्ण खोप लगाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कोभिसिल्ड र भेरोसेल खोप दुई डोज लगाउनु पर्छ भने जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।

मन्त्रालयका अनुसार ४ लाख ६० हजार ३०८ जनाले कोभिसिल्ड, ६ लाख ९२ हजार ९६९ जनाले भेरोसेल र १ लाख ५८ हजार ७३५ जनाले जोन्सन एण्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन्। 

कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले र भेरोसेलको पहिलो डोज १५ लाख २१ हजार ४६७ जनाले लगाएका छन्। एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप १ लाख ५८ हजार ७३५ जनाले लगाएका छन्।

जोन्सन एण्ड जोन्सन खोप बागमती र गण्डकी प्रदेशमा मात्र लगाइएको छ। बागमतीमा १ लाख ३८ हजार ६३१ जनाले खोप लगाउँदा गण्डकी प्रदेशमा २० हजार १०४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ। 

कुन प्रदेशमा कति खोप लगाए ?
प्रदेश १ 

कोभिसिल्ड पहिलो मात्रा – ३ लाख ७ हजार १८६, दोस्रो मात्रा – ५२ हजार ८५५
भेरोसेल पहिलो मात्रा – ७५ हजार ४४०, दोस्रो मात्रा – ५८ हजार ६९५

प्रदेश २ 
कोभिसिल्ड पहिलो मात्रा – ३ लाख २० हजार ५३२, दोस्रो मात्रा – ४६ हजार ३५८
भेरोसेल पहिलो मात्रा – ७४ हजार १३०, दोस्रो मात्रा – ४३ हजार ३३३

बागमती प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – ४ लाख २१ हजार ४८२, दोस्रो मात्रा – १ लाख ६० हजार ४९०
भेरोसेल पहिलो मात्रा – ८ लाख ७ हजार ९८६, दोस्रो मात्रा – ४ लाख ४२ हजार ४७५
जोन्सन एण्ड जोन्सन – १ लाख ३८ हजार ६३१

गण्डकी प्रदेश 
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ८७ हजार ९७४, दोस्रो मात्रा – ४९ हजार ६११
भेरोसेल पहिलो मात्रा – १ लाख ८८ अहजार ५६१, दोस्रो मात्रा – २७ हजार ८४४
जोन्सन एण्ड जोन्सन – २० हजार १०४

लुम्बिनी प्रदेश 
कोभिसिल्ड पहिलो मात्रा – २ लाख ७८ हजार ४७६, दोस्रो मात्रा – ८३ हजार ९३७
भेरोसेल पहिलो मात्रा – ३ लाख ४ हजार ५००, दोस्रो मात्रा – ६८ हजार ८६९

कर्णाली प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ७ हजार ३२८, दोस्रो मात्रा – २९ हजार १५१
भेरोसेल पहिलो मात्रा – २७ हजार ९४७, दोस्रो मात्रा – १८ हजार ५०५

सुदूरपश्चिम प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – २ लाख ५ हजार ५०६, दोस्रो मात्रा – ३७ हजार ९०६
भेरोसेल पहिलो मात्रा – ४२ हजार ९०३, दोस्रो मात्रा – ३३ हजार २४८

कति खोप आयो?

नेपालमा हालसम्म ७३ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म खरिदको २४ लाख डोज खोप आएको छ। कोभ्याक्स अन्तर्गत १८ लाख ८२ हजार ८५० र अनुदानमा २९ लाख डोज खोप आएको छ। चीनसँग खरपद गरेको ४० लाख डोज खोप अन्तर्गत हालसम्म १६ लाख डोज आइसकेको छ। बाँकी रहेको २४ लाख डोज खोप पनि आउने क्रममा नै छ।