मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिका स्तरिय परिचयात्मक गोष्ठि कमलबजार नगरपालिकामा सम्पन्न

पालिका स्तरिय परिचयात्मक गोष्ठि कमलबजार नगरपालिकामा सम्पन्न


अछाम : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि समुदाय परिचालनमा आधारीत क्रियाकलापहरु पलिका स्तरिय परिचयात्मक गोष्ठि कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।

गोष्ठीमा टोल समिति गठन र परिचालन बारे जानकारी तथा छलफल गर्न टोल समितिको गठनका लागि टोल तथा वडा छनोट गर्न र टोल समितिको गठन तथा सञ्चालन बारे कार्ययोजना बनाउने लगाएतका बिषयमा छलफल गरिएको थियो ।

कमलबजार नगरपालिका कार्यबाहाक नगप्रमुख भुमिुरण ढकाल बजगाइको अध्यक्षतामा भएको एक दिने गोष्ठी कार्यक्रममा कोभिड १९ संक्रमित तथा निजहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको बिवरण अध्यावधीक गरी निजहरुलाइ आवश्यकता अनुसार स्वास्थ्य परार्मश दिइ आवश्यक सामाग्री उपलध गराने, स्थानिय तह तथा परिक्षण केन्द्रहरुमा समर्पक गर्न आवश्यक संस्थागत क्वारेन्टाइन आइसोलेसनमा अनुगमन गर्न र स्वास्थ्य शाखामा सुचना दिने लगाएतका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा कमलबजार नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष १० वटै स्वास्थ्यका इन्चार्ज बिभिन्न संघ सस्थाका प्रतिनिधि कमलबजार नगरपालिका नगरकार्यपालिका सदस्य सुआहारा दोस्रो कार्यक्रमका संयोजका लोक बहादुर नेपाली, सुआहाराका मनिसा जैसी, रेडियो कमलबजारका पबित्रा खड्का लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संञ्चालन कमलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर बिष्टले र्गनु भएको थियो।।