मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सदस्य कुँवरले जन्म दिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाए

प्रदेश सदस्य कुँवरले जन्म दिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाए


अछाम : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा सहयोग गरेका छन् ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उनले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हेल्प अछामलाई सहयोग गर्नुभएको हो । प्रदेश सदस्य कुँवरले हेल्प अछामलाई ५ हजार ५ सय ५५ रुपैया सहयोग गरे ।

जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन भनेर हेल्प अछामलाई सहयोग गरेको प्रदेश सदस्य कुँवरको भनाई रहेको छ ।

जन्मदिनमा हुने फजूल खर्च परोपकारी र सामाजिक कार्यमा गरिने सहयोगले समाजमा पनि सकरात्मक सन्देश दिएकोे हेल्प अछामका अध्यक्ष हिमाल कुँवरको भनाई रहेको छ ।

उनले जन्मदिनलाई सधैं अविश्मरणिय बनाउनका लागि परोपकारी कार्यलाई बढवा दिन जरुरी रहेको बताए । कार्यकारी निर्देशकबाट प्राप्त सहयोग आर्थिक अवस्था कमजोर तथा सामाजिक क्षेत्रमा खर्च गरिने अध्यक्ष कुँवरले बताए ।

अघिल्लो वर्षमा पनि कार्यकारी निर्देशक कुँवरले हेल्प अछामलाई ५ हजार सहयोग गरेका थिए । सामाजिक क्षेत्रमा सक्रिय हेल्प अछामलाई जन्म दिनको अवसरमा सहयोग गर्ने बढ्दै गएका छ्न ।