मुख्य समाचार

नर्सको नाम दर्ता प्रमाण पत्रका लागि फारम खुला, १९ भदौमा परीक्षा

काठमाडौं- नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लाागि फारम खुला गरेको छ। 

परिषद्ले आगामी आइतबारदेखि नाम दर्ता प्रमाण पत्रका लागि फारम खुला गरेको हो। परिषद्ले बिहीबार सूचना जारी गर्दै आगामी १९ भदौ शनिबार परीक्षा हुनेसमेत जानकारी गराएको छ। 

परिषदले आगामी आइतबार (१०)  साउनदेखि ७ भदौसम्म परीक्षा फारम बुझाउन सकिने जानकारी गराएको छ। दोब्बर दस्तुरमा ८ भदौदेखि १३ भदौसम्म फारम बुझाउन सकिने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। परीक्षामा सहभागि हुनका लागि  प्रविणता पत्र  तह  नर्सिङ वा बिएस्सी नर्सिङ उत्तीर्ण हुनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाले नै माफी मागेको गठबन्धन बैठकमा के भयो त्यस्तो कुराकानी?
बादरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
अण्डाको मूल्य अहिलेसम्मकै उच्च