मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अगष्ट १५ तारिख देखी जापानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदै

अगष्ट १५ तारिख देखी जापानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदै


होम साउद । ग्रुप अफ जापान र हान्यु नेपाली समाजको संयुक्त आयोजनामा खुल्ला पुरुष भलिवल प्रतियोगतीता हुने भएको छ । साईतामा केन मा आगामी अगष्ट १५ तारिखका दिन प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ जापानका नेपालीहरुविच प्रतियोगिताको आयोजना गरिएको ग्रुप अफ जापानका अध्यक्ष मदन साउदले जानकारी दिए ।

प्रतियोगितामा प्रथम स्थान हसिल गर्नेलाई नगद ३ लाख , दृतियलाई २ लाख र तृतिय स्थान हाँसिल गर्नेलाई १ लाख नगद सहित ट्रफि, मेडल र बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साउदले बताए ।

बिदेशमा भएर पनि देशप्रेम, आपसि सदभाव र भाईचाराको भावनालाई प्रगाढ बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको अन्तराष्ट्रिय खेलाडी समेत रहेका ग्रुप अफ जापानका अध्यक्ष साउदको भनाई छ ।

खेलकुदले व्यक्तिको शारिरिक, मानसिक अवस्थाका साथै परस्पर सहयोग, सह अस्तित्व र अनुशासन कायम राख्न समेत मद्दत गर्ने भएकाले जापानमा रहेका नेपालीहरुको विचमा प्रतियोगिता गराईने आयोजक संस्था मध्येको एक ग्रुप अफ जापानले जनाएको छ ।

प्रतियोगिताको प्रत्येक टिममा १२ जनासम्म खेलाडी रहने आयोजकको भनाई छ ।