मुख्य समाचार

अब काठमाडौं-नयाँदिल्ली सातामा ६ उडान हुने

काठमाडौं- नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौं-नयाँदिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने भएका छन्।

यसअघि काठमाडौं-नयाँदिल्ली साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो। सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान संख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमकले जानकारी दिएको छ। 

अब नयाँदिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ। यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए। अहिले दुवै एयरलाइन्सले समान तीन/तीन उडान पाएका हुन्।

यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ। उडान तालिका अनुसार अब सातामा ६ दिन उडान सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाले नै माफी मागेको गठबन्धन बैठकमा के भयो त्यस्तो कुराकानी?
बादरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
अण्डाको मूल्य अहिलेसम्मकै उच्च