मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफन्तसँग हाँसेको भन्दै श्रीमतीलाई निर्घात कुट्दै कान काटेपछि

आफन्तसँग हाँसेको भन्दै श्रीमतीलाई निर्घात कुट्दै कान काटेपछि

सुदूर आज

बझाङ : जिल्ला जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीमाथि निर्घात कुटपिट भएको छ। श्रीमान मनोजले कुटपिट गर्दै बायाँ कान काटिदिएका हुन्।

आफन्तसँग किन हाँसेको ? भन्दै कुटपिट गरेर कान काटिदिएका हुन्। उनले भनिन्, ‘काटिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भनेर भाग्यो।’ जिल्ला अस्पतालमा उपचाररत उनको काटिएको कानको शल्यक्रिया भएको छ। 

निरन्तरको यातना र टाउकोलगायत संवेदनशील भागमा परेको चोटका कारण जानकीको मानसिक अवस्थामै असर परेको चिकित्सकहरू बताउँछन्। 

जिल्ला प्रहरी कार्यालयले जानकीमाथि भएको हिंसाको घटनामा ठाडो उजुरी आए पनि जाहेरी नपरेको र पीडकको खोजी गरिरहेको बताएको छ। बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले पीडकको खोजी गरिरहेको बताए।