मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब कांग्रेस अछामको सभापती को ?

अब कांग्रेस अछामको सभापती को ?


जिल्ला सभापतिका लागि आधा दर्जन बढी नेता आकांक्षी

अछाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि देशका विभिन्न जिल्लामा चुनावी चहलपहल बढेको छ । अछाम जिल्लामा पनि चहलपहल बढ्न थालेको छ । कांग्रेस अछामको सभापतीका लागि आकांक्षीहरु नखुले पनि भित्र भित्रै कसरत भने सुरु भईसकेको छ । कसरी टिममा पर्ने र केन्द्रिय नेताको राय र सल्लाह अनुसार अगाडी बढ्ने भन्दै कसरत सुरु हुन थालेको छ ।

अधिवेशनको मिति नजिकिएसँगै काँग्रेस अछामको भाबी सभापति को त भनेर सुदूरआजले बुझ्ने प्रयास गरेको छ । जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएका नेताहरुको धारणा हामीले प्रस्तुत गरेका छौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला मध्ये दुईवटा निर्वाचन क्षेत्र भएको अछाम जिल्लामा आधा दर्जन बढीले सभापति हुने आकांक्षा देखाएका छन् ।

वर्तमान सभापति भरतकुमार स्वारले भने आफु यसपटक नदोहोरिन बताएका छन् । सुदुरआजसंगको कुराकानीमा उनले आफु प्रदेश वा केन्द्रमा लाग्ने भन्दै जिल्लामा नदोहरिने बताए । तर नेता कार्यकर्ताको माग र पार्टीलाई आवश्यक परे आफु पछि नहट्ने पनि उनको भनाई छ । यस अघि पनि सभापती भईसकेका स्वाँर जिविस अछामका पूर्व सभापती पनि हुन् । उनले कांग्रेस अछामको सभापति हुदाँ जिल्लमा संगठन बनाउन महत्वपूर्ण भुमिका खेलेको कार्यकर्ताको बुझाई छ ।

यस्तै पूर्वसभापति पुष्पबहादुर शाहले पनि आफु केन्द्रका नेताको सल्लाह सुझाब आधारमा अघि बढ्ने बताए । अहिले नै भन्न सकिने अवस्था छैन शाहले भने त्यस अघिका चरणहरुलाई हेरेर उम्मेद्धवारीको बिषयमा टुंगो लाग्नेछ । यसअघि एक कार्यकाल जिल्ला सभापती भईसकेका शाह कुशल संगठकका रुपमा चिनिन्छन् ।

संस्थापन पक्षकै लाईनमा रहेका अर्का पुर्व पार्टी सभापति मेघराज खड्का भने आफु जिल्ला सभापतीका लागि आकांक्षी रहेको भएको बताउछन् । तर जिल्लाको साथिहरुको सल्लाह र राय बुझेर अघि बढ्ने उनको सोचाई छ । खड्का भन्छन् पहिले त महाधिबेशन जित्नुप्यो त्यसपछि के गर्ने सल्लाह गरेर निर्णय लिनेछु ।

सभापती देउवाकै लाईनका युवा नेता गणेश बिष्ट भने यसपटक आफ्नो उम्मेद्धवारी नै जिल्ला सभापतिका लागि भएको बताउछन् । नेता विष्टले सभापतिका लागि लबिङ बढाएका छन् । नेविसंघका पूर्व केन्द्रिय उपाध्यक्ष भईसकेका बिष्ट कांग्रेस महासमिति सदस्य हुन् । यसअघिको अधिबेशनमा पनि उम्मेद्धवार बिष्ट सभापती भरत कुमार स्वाँर संग पराजित भएका थिए । यसपटक भने आफु सबै क्षेत्र भुगोल, वर्ग समुदाय लाई समेटेर साझा उम्मेद्धवारका रुपमा आफु अघि नेता बिष्टको दाबी छ ।

केन्द्रमा शेरबहादुर देउवालाई नेता मान्ने उनीहरु सबै जिल्लामा आ– आफ्नो कसरतमा छन् । यस्तै २ पटक क्षेत्रयि सचिव, २ पटक नै क्षेत्रिय सभापती र जिल्ला सचिव पनि भईसकेकाले यसपटक स्वभाबिक रुपमा सभापतीमा दाबी रहने जिल्ला सचिव नम बहादुर शाहीको भनाई छ । यद्यपी पार्टी संगठनको निर्णय र नेताहरुको सल्ला अनुसार आफु अघि बढ्ने उनको तर्क छ ।

यस्तै पौडेल पक्ष निकट रहेका निवर्तमान प्रतिनिधिसभा सदस्य रामबहादुर विष्टको टोली मिल्ने आँकलन गरिएको छ । पौडेल पक्षबाट आजका दिनसम्म कोही पनि उम्मेदवारका रुपमा अगाडि आएको अवस्था छैन । यद्यपि महासमिती सदस्य बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाललाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

पौडेल कोईराला लाईनमा रहेका कांग्रेस नेता बल बहादुर कुवँरका अनुसार आफुहरु यसपट सहमतीको नेतृत्व चयन गर्ने पक्षमा रहेको बताए । सुदूरआजलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता कुवँरले लोकतन्त्रलाई बलियो बनाउन र पार्टी संगठन मजबुत पार्न सहमतीको बिकल्प नहुने बताउछन् ।

अछाममा कांग्रेसको संगठन बलियो छ, तर पार्टीले पटक पटक हार ब्यहोरिसकेको छ, नेता कुवँर भन्छन् त्यसैले अछाममा कांग्रेस बलियो बनाउन यसपटकको अधिबेशनमा सहमतीको बातारबण तयार बनाउनु पर्छ । सहमतीको प्रयास भए आफु सभापती भएर पार्टी चलाउन तयार छु उनले भने त्यो अवस्था नरहे पनि एक प्रकारले टिमको दाबी त रहला नै । पहिले महाधिबेशन जित्नु पर्यो उनि भन्छन् त्यस पछिको परिस्थिती के हुन्छ त्यही किसिमले अघी बढ्छौँ ।

अछाममा यसपटक ११ हजार १ सय १८ क्रियाशील सदस्य थपिए ।

अछाम जिल्लामा काांग्रेसका क्रियाशील सदस्यको संख्या लगभग १५ हजार पुगेको सभापती भरत कुमार स्वारले बताए । ११ हजार १ सय १८ जना नयाँ क्रियाशिल सदस्य थपिएपछि सदस्य संख्या बढेको हो ।

अछाम कांग्रेसमा पुराना ५ हजारको हाराहारीमा क्रियाशिल सदस्य रहेको उनले बताए । क्रियाशील सदस्यहरुबाट क्षेत्रीय प्रतिनिधिहरु र सभापति सहित जिल्ला समितिको चयन हुनेछ ।

अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा, १६ गते नगरपालिका र गाउँपालिका, २० गते संसदीय निर्वाचन क्षेत्रमा र २३ गते संघीय निर्वाचन क्षेत्रमा चुनाव हुनेछ । यसैगरी, जिल्लाको निर्वाचन साउन २६ गतेका लागि तय गरिएको छ ।