मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट अभावले बयालपाटा अस्पताललाई अप्ठेरोमा पर्न दिने छैनौँ : मन्त्री खड्का

बजेट अभावले बयालपाटा अस्पताललाई अप्ठेरोमा पर्न दिने छैनौँ : मन्त्री खड्का


अछाम : सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले बजेट अभावले बयालपाटा अस्पताललाई अप्ठेरोमा पर्न नदिने बचन दिएका छन् । उनले आर्थिक अभावकै कारण अस्पतालमा समस्या हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

भम्रणको शिलशिलामा अछाम पुगेका बेला बयालपाटा अस्पतालको स्थलगत निरिक्षण पछिको छलफलमा सहभागी हुदैँ मन्त्री खड्काले स्वास्थ्य क्षेत्रको स्तर उन्नतीका लागि यस बर्ष सुधार बर्षका रुपमा लाग्ने अवधारण अगाडी सारेको बताए । प्रदेशको प्रथमिक्तामा रहेको नुमुना बयालाटा अस्पतालललाई ८ करोड रकम बिनियोजित गरिएको र आगामी दिनमा समेत बजेट अभाव हुन नदिने बताएका हुन् ।

सुदूरपश्चि प्रदेशका अन्य अस्पतालको दाँजोमा बयालपाटा अपतालमा बढी रकम बिनियोजित भएको उनको दावी छ । बयलापाटा अस्पतालमा अर्थिक अभाव हुन नदिने भन्दै आर्थिक सहयोगका लागी डेलिगेन दिनुपर्ने परिपाटीको अन्त्य गरिने उल्लेख गरे ।

बयालपाटा अस्पतालका बिषयमा यहाँका बिज्ञ, राजनितिक दलहरु संग छलपल गरेर दिगोपनाका लागि निचोड निकाले उनको भनाई छ । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मीना साँउदले आफु यहि जिल्लाको नागरिक भएको भन्दै बयलपाटा अस्पतालका लागी आफु गम्भिर भएर लागिरहेको बताईन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवँरले बयालपाटा अपतालको स्वामित्व कसले लिने भन्ने अन्यौलता अझै पनि कायम रहेकाले यसको निकास निकाल्नु पर्ने बताए । उनले अगामी दिनमा बजेटका लागि हरेक बर्ष हात थाप्नु पर्ने थितिको अन्यका लागि नितिगत रुपमै बजेटको सुनिश्चितताका लागि मन्त्री समक्ष आग्रह गरे ।

कार्यक्रममा साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँरले बयालपाटा अस्सपातलमा आर्थिक अभाव हुन नदिने अन्य विकासे योजना कटौती गरेर पनि नगरले बजेट बिनियोजित गर्ने बताए । अस्पतालको सेवा सुबिधका बिषयमा आफु जहिल्यै चिन्तित रहेको भन्दै उनले आफ्नो सधैँ साथ र सहयोग अस्पताललाई रहने बताए ।

कार्यक्रममा बयलपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दीप पाठकले असपतालको सेवा र आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।