मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै कमलबजारमा २५ सैयाको अस्पताल बनाउनु पर्ने माग

अछामको पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै कमलबजारमा २५ सैयाको अस्पताल बनाउनु पर्ने माग


सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र पेश ।

अछाम । जिल्लाको कमलबजार नगरपालिकाका नगर प्रमखु ओम प्रकाश बिष्टले जिल्लाको पूर्वी क्षेत्र स्वास्थ्यका दृष्टिकोणले जहिल्यै पछि परेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई अस्पतालको माग गरेका छन् । उनले पूर्वी क्षेत्रका तुर्माखाँद, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकालाई समेत पायक पर्ने गरी कमलबजारमा २५ सैयाको अस्पताल हुनुपर्ने माग गरेका हुन् ।

पूर्वी क्षेत्रको केन्द्र बिन्दुका रुपमा कमलबजार रहेको भन्दै नगर प्रमुख बिष्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्ट र सामाजिक बिकास मन्त्री लाल बहादुर खड्कालाई ज्ञापन पत्र बुझाउदै नगरपालिकामा रहेको प्राथमिक्त स्वास्थ्य केन्द्रको स्तर उन्नती गर्दै २५ सैयाको असपताल बनाउनु पर्ने माग गरेका हुन् ।

नगर प्रमुख बिष्टले मुख्यमन्त्री भट्ट र मन्त्री खड्कालाई यथाशक्य छिटो अस्पतालको लागि पहल गर्नुपर्ने भन्दै ज्ञापन पत्र सहित माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गर्न सक्ने सम्पूर्ण पहल गर्ने बचन दिए ।

यस्तै सामजिक बिकास मन्त्रीले खड्काले आफुले अस्पतालको स्तर उन्नतीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका नगर प्रमुख बिष्टले बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अछाम क्षेत्र नं. २ बाट प्रतिनिधत्व गर्ने सान्सद अक्कल बहादुर रावल र अम्बि थापाको पनि उपस्तिथिती रहेको थियो ।

जिल्लाको सदरमुकाम मंगलसेन र क्षेत्र नं. १ मा बयालपाटा अस्पताल संचालनमा भएपनि पूर्वी क्षेत्रका जनतालाई सेवा लिन लामो बाटो हिडेर जिल्ला अस्पताल वा बयालपाटा अस्पताल धाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्यका लागि आफुले पहल गर्ने नगर प्रमुख बिष्टको भनाई छ ।

उनले भने कमबजारमा अस्पताल संचालनमा नगर सहित पन्चदेवल बिनायक नगरपालिका, तुर्माखाद गाउपलिका र ढकारी गाउपालिकाका नागरिकलाई पनि सहज हुनेछ । यसअघि संघिय सरकारले हरेक पालिकामा १० सैया र नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने घोषणा गर्दै बजेट समेत बिनियोजित गरेको थियो ।

कुनै पालिकामा त्यसको सुरुवात र काम अघि बढे पनि अधिकांश गाँउ तथा नगरमा काम सुरु हुन सकेको छैन् । अछाम जिल्लामै पहिलो पटक कमलबजार नगरपालिकाको पहलमा जिल्लामा एक मात्र कोरोना भाईरस परिक्षणका लागि पिसिआर प्रयोगशला समेत सचालनमा रहेको छ ।