मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रामीण क्षेत्रलाई सुचना र प्रविधिसंग जोड्न खप्तड नेट सन्चालन हुदै

ग्रामीण क्षेत्रलाई सुचना र प्रविधिसंग जोड्न खप्तड नेट सन्चालन हुदै


अछाम । सुदूरपश्चिमको ग्रामिण क्षेत्रलाई ईन्टरनेटका माध्यमबाट सुचना तथा प्रविधीसंग जोड्ने मुख्य उद्देश्यका साथ खप्तड नेट संचालनमा आउने भएको छ । सुदूरपश्चिका सबै जिल्लामा सहज सुचना तथा संचारको पहुँचका लागि निजि क्षेत्रको लगानीमा खप्तड नेट ईन्टरनेट संचालनमा आउन लागेको हो ।

यस क्षेत्रका तराई र पहाडका जिल्लाहरुमा सदरमुकाम नजिक र आसपासमा मात्र ईन्टरनेटको पहुँच भएपनि ग्रामीण भेगमा अझै पनि सहज ईन्टरनेटको पहुँच नभएका कारण निजि क्षेत्रको लगानीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा खप्तड नेट संचालनमा ल्याउने तयारी भईरहेको कम्पनीका संस्थापक अध्यक्ष खेमराज ढुंगानाले बताए ।

खासगरी पहाडी जिल्लाका दुर्गम क्षेत्रमा अझैपनि सहज ईन्टरनेटको पहुँच छैन् अध्यक्ष ढुंगानाले भने त्यसको अन्त्यका लागि निजि क्षेत्रबाटै भएपनि हामीले सुरुवात गर्न लागेका छौँ । अहिलको आधुनिक युगमा सबै क्षेत्रका जनताको सुचना तथा प्रविधिमा सहज पहुँच हुनुपर्ने भन्दै खप्तड नेटको सुरु गर्न लागिएको उनले बताए ।

४ करोडको लगानीमा कम्पनीको सुरुवात भएको छ उनले भने यसमा लगानीकर्ता र साझेदार अन्य निकायलाई पनि समाबेश गर्न सकिनेछ । हामीले सुरुवातमा ४ जना मिलेर कम्पनीको सुरुवात गरेका छौँ अर्का संस्थापक सदस्य रमेश महरले भने यसको लक्ष्य बृहत छ ।

प्रविधिको युगमा अझैपनि दुर्गम क्षेत्रका जनता तथा अन्य निकायहरुमा ईन्टरनेटको सेवा बाट बञ्चित छन् सदस्य महर भन्छन् हामी त्यसको अन्त्य गरेर सबैलाई सर्वभसुलभ रुपमा ईन्टरनेट सेवा प्रदान गर्नेछौँ ।

सुरुवातमा अछाम र बाजुरा जिल्लामा ईन्टरनेट सेवा विस्तार गरिने र विस्तारै आवश्यक्ताका आधारमा अन्य जिल्ला तथा देशका विभिन्न जिल्लमा समेत सेवा दिने लक्ष्य कम्पनीले लिएको छ । खप्तड नेट सुदुरपश्चिममै ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा स्थापीत गर्ने लक्ष्य रहेको अर्का संस्थापक सदस्य दिपक बिष्टले बताए ।

कम्पनी संग सुचना प्रविधिमा २ दशक बढी देखि क्रियाशिल व्यक्तीहरु संलग्न भएका कारण पनि ईन्टरनेट कम्पनी गुणस्तरिय हुने बिष्टको बुझाई छ । लामो समयको कार्य अनुभवका कारण सेवा प्रदान गर्न पनि सजिलो हुने बिष्टले बताए ।

खप्तड नेट कम्पनीका रुपमा स्थापित गर्न व्यावस्थापन पक्ष पनि चुस्त दुरुस्त डिजिटल माध्यमबाटै काम गरिने अर्का संस्थापक सदस्य तिलकमान बोहराले बताए ।

हाल पहिलो चरणमा अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नगरपालिकाका सबै वडामा ईन्टरनेट जडान गर्ने कार्य कम्पनीले सुरु गरेको अध्यक्ष ढुंगानाले बताए । साँफेबगर नगरकै अधिकांश वडाहरु अहिले पनि ईन्टरनेटको पहुँच बाहिर छन् भने अन्य दुर्गमका पालिकाहरुमा पनि ईन्टरनेट छैन् ।