मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा नेता तिमिल्सैनाको पहलमा अछाममा स्वास्थ्य सामग्री वितरण कार्य तिब्र

युवा नेता तिमिल्सैनाको पहलमा अछाममा स्वास्थ्य सामग्री वितरण कार्य तिब्र


अछाम : थप्रै उच्च पदस्थ जनप्रतिनिधी र राजनितिकर्मी सुस्ताईरहेका बेला अछाममा भने एकजना युवा नेता स्वास्थ्य सामाग्री बितरण अभियानमा सक्रिय रहेका छन् । पत्रकारीता पेशा छोडर राजनितिमा आएका नेपाली कांग्रेस अछामका सहसचिव बेदप्रकाश तिमिल्सैना अहिले अछाममा स्वास्थ्य सामाग्री बितरण अभियानमा सक्रिय भएका हुन् ।

नेपाली कांग्रेस अछामका नेता बेदप्रकाश तिमिल्सैना अहिले निकै व्यस्त बनेका छन् । युवा नेता तिमिल्सैनाले यतिखेर अछाम जिल्लाका अस्पतालहरु, स्वास्थ्य संस्था, गाँउ तथा नगरपालिका, प्रहरी प्रशासन तथा स्थानिय स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण गरिरहेका छन् ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, धामी झांक्री लगायतलाई पनि उनले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेका हुन । स्वास्थ्यकर्मी अहिलेको परिबेशमा पहिलो प्राथमिक्तामा रहका भन्दै तिमिल्सैनाले स्वास्थ्य सामाग्री वितरण गरिरहेको बताए ।

स्वास्थ्यकर्मी संगै सुरक्षाकर्मी र संचारकर्मी पनि उत्तिकै प्राथमिक्तामा पारेर उनले ठाँउ ठााउमा पुगेर स्वास्थ्थ्य सामाग्री बितरण गरिरहेका छन् । उनले गाँउ ठाँउमा दिनदुखी, गरिबी जनतालाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरिरहेका छन् ।

समाजसेवामा निकै सक्रिय रहेका युवा नेता तिमिल्सैनाले यस अघि अछाम जिल्लाका दुई अस्पतालमा अक्जिन सिलिण्डरको अभाव भईरहेका बेला विभिन्न दातृ निकाय र बिदेशमा समेत समन्वय गरी अक्जिन सिलिण्डर उपलब्ध गराएका थिए । सामाग्री खरिदमा अन्य निकायको सहयोग भएपनि ढुवानी र व्यावस्थापन तिमिल्सैना आफैले गरेर स्वास्थ्य सामाग्री बितरण गरिरहेको बताए ।

जनतालाई कोरोना बाट बचाउनु नै अहिलेको मुख्य काम हो भन्दै युवा नेता तिमिल्सैनाले स्वास्थ्य सामाग्री बितरण गरिरहेको सुदूरआजलाई बताए । उनले असारको झरीमा समेत स्वास्थ्य सामाग्री बितरणको कार्यलाई निरन्तरता दिए ।

तिमिल्सैनाको संयोजनमा जुम्ला, मुगु र बाजुरामा समेत अक्जिन सिलण्डर पुरयाउने कार्य भएको थियो । हाल पनि मुगु र जुम्लाको लागि थप १० १० थान अक्सिजन सिलिण्डर अछाममा आर्यपुगेको र त्यहाँ जाने बाटो खुल्ना साथ पठाईने उनले बताए ।

नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष समेत रहेका तिमिल्सैनाले आफ्नो पत्रकारीता जीवनमा पनि समाज परिर्वतनका लागि निकै महत्वपूर्ण भुमिका खेलेका थिए । सुशासन, पार्दशीता र समाज रुपान्त्ररणमा तिमिल्सैनाले खेलेको भुमिकाको आज पनि उत्तिकै चर्चा हुन्छ ।

उनले सरसफाई यूक्त जिल्ला, छाउपडी मुक्त, छुवाछुत मुक्त समाज हुनुपर्छ भनेर कमलका माध्धमबाट पटक पटक आवज उठाई रहे । उनी आजभोली पनि समाजका नराम्रा कुराको खरो रुपमा वकालत र राम्रा कुराको स्रहानिय दिन पछि पर्दैनन् ।

पत्रकारीता छोडेर राजनिति प्रबेश गरेका तिमिल्सैना हाल नेपाली कांग्रैस अछामको सहसचिवका रुपमा काम गर्छन् भने पन्चदेवल विनायक नगरपालिकाका नगरसभा सदस्य भएर जनप्रतिनिधीको समेत काम गरिरहेका छन् ।

युवा सुचना मञ्च बाँके मार्फत अछाममा स्वास्थ्य सामाग्री वितरण ।

युवा सुचना मञ्च बाँकेले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्ला अस्पतालमा पुगेर मञ्चको शाखा अछामका अध्यक्ष राधा ढकाल र तिमिल्सैनाले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सोनाली बास्कोटालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

नेप्लीज अमेरिकन च्याम्बरर्स अफ कमर्स डल्लासको सहयोगमा प्राप्त सामाग्रीलाई मञ्चको समन्वय र व्यावस्थापन वितरण गरिएको तिमिल्सैनाले बताए । स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरन्तरता दिएका उनले आईतबार इलाका प्रशासन कार्यालय विनायकलाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

इलाका प्रशासनका कर्मचारी दिनेश अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिए मञ्च अछामका अध्यक्ष राधा आर्चाय ढकालले बताईन ।अब मञ्चले अछामको पूर्वी क्षेत्र र बाँकी रहेका ठाँउमा स्वास्थ्य सामाग्री बितरण गरिने जनाएको छ ।

मञ्चको स्वास्थ्य सामाग्री बितरण अभियान जारी रहेको यसमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् । मञ्चले आफ्नै पहलमा त्यस क्षेत्रमा एम्बुलेन्स सेवा पनि संचालनको सम्भाव्यता अध्ययन भईरहेको जनाएको छ ।