मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ रुखहरु रोप्न चीन विश्वमै अघि

नयाँ रुखहरु रोप्न चीन विश्वमै अघि


बेइजिङ । स्याटलाइटबाट लिइएका तस्बिरहरुको मूल्यांकनपछि सन् २००० देखि २०१७ का बीच नयाँ रुखहरु रोप्नमा विश्वभरबाट चीनको मात्र एकचौथाइ बढी योगदान रहेको पाइएको छ । बिहीबार सार्वजनिक यस सम्बन्धी आधिकारिक कागजातमा नयाँ वृक्षारोपण गर्नमा चीन विश्वमै सबैभन्दा अगाडि रहेको उल्लेख गरिएको छ ।  

त्यसैगरी कार्बनडाइअक्साइड उत्सर्जनमा पनि चीनले २००५ को तुलनामा २०२० मा ४८.४ प्रतिशत गिरावट ल्याएको पाइएको हो ।

यसले चीनको ग्रिनहाउस ग्यास उत्सर्जनमा कमी ल्याउने लक्ष्य पूरा भएको बताइएको छ ।  चीनले यसअघि ४० देखि ४५ प्रतिशतले उत्सर्जन कम गर्ने प्रतिबद्धता जनाएको थियो । सिजिटिएन