मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाँचिएको हात थाम्दै १७ दिन देखी भोकभोकै हिडेर मनाङ देखि अछामसम्म

भाँचिएको हात थाम्दै १७ दिन देखी भोकभोकै हिडेर मनाङ देखि अछामसम्म

परोपकारी मन भएका समाजसेवी युवा उमेश कुवँरको पहलमा १७ दिन देखि अलपत्र युवकको उद्धार


परोपकारी मन भएका समाजसेवी युवा उमेश कुवँरको पहलमा साँफेबगरबाट उद्धार

अछाम । बाजुरा जिल्लाको बढीमालिका नगरपालिका वडा नं. ८ का ३० बर्षिय गणेश रावल डेढ बर्ष अघि काम खोज्न काठमाण्डौँ गए । जिल्लामा बरोजगार भएपछि रोजगारको विकल्प नहुदाँ उनि भौतारिदैँ काठमाण्डौँ पुगे । त्यहाँ केही महिना काम गरेका रावललाई खर्च समेत नचल्ने भएपछि उनि मनाङ पुगे ।

देशभर निषेधाज्ञा भईहरेका बेला उनले त्यहाँ पनि राम्रो संग काम गर्न पाएनन् । मनाङका एक जना ठेकेदार मार्फत काम गरिरहेका गणेश र उनका ४ जना साथिहरुलाई अलपत्रमा छोडेर ठेकादार भागेर गएको गणेशले सुनाए । ठेकदार नफर्के पछि उनिहरुले काम गर्न नपाएर अलपत्र जस्तै बने ।

त्यसपछि उनिहरुले आफ्नो घर फर्किने निधो गरे । लकडाउनको बेला गाडी नपाएपछि उनिहरु हिड्दै १४ दिन लगाएर चितवन नारायणगढ पुगे । नारायणगढ पुगेपछि गणेशका ४ जना साथिले साथ छोडर अर्को तर्फ लागे । बचेको पैसा पनि सकिएपछि गणेश भोकभोकै बाजुराका लागि हिडे ।

३ दिनको थप हिडाई र कतै छिटफुट गाडीको लिफ्ट पाएपछि उनि शुक्रबार राति अछामको साँफेबगर पुगे । भोकले हिड्नै नसकेका गणेश साँफेबगरको एक गल्लीमा सुतिरहेको भेटेपछि शनिबार बिहान त्यहाँका स्थानियहरुले दाह्री ग्याङ अछामका संयोजक समाजसेवी युवा उमेश कुवँरलाई खबर गरे ।

त्यो खबर थाह पाएपछि उमेश आफ्ना साथि हिमाल कुवँर र नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीलाई लिएर गणेश भएको ठाँउमा पुगे । उनको अवस्था देखेर उमेशको मन कटक्क भयो । उनले तत्कालै एक होटलमा लिएर गणेशलाई खाना खुवाए । त्यस बखत गणेशको अवस्था बुझेर काम नपाएर भौतारिएको जस्तै देखेपछि उमेशले साँफेबगरमै काम खोजिदेन बचन दिए ।

तर गणेशले आफ्नो काम गर्दा हातमा चोट लागेको सुनाए । चोट लोगेको भनेपछि उमेशले एकपटक अस्पताल लिएर चेकजाच गर्ने मनसाय बनाए । उमेशको समुहले उनलाई बयालपाटा अस्पताल लिएर आए । अस्पतालमा चेकजाच गर्दा उनको बायाँ हात भाँचिएको देखियो ।बयालपाटा अस्पतालमा सिनियर हेल्थ असिष्टेण्ट छत्र साँउद लगायतको टिमले उनको उपचार गर्यो ।

आफुले काम गरी पैसा कमाई गरेर घरमा श्रीमती र छोराछोरीलाई पठाउने र जीवन चलाउने गणेशको धोको थियो । तर उनी आफै १७ दिन देखि भौतारिदै रित्तो हात घर फर्किनु परेको छ । ‘उनि साँफेबगरमै भएपनि केही काम गरेर थोरै भएपनि पैसा लिएर घर जान्छु भन्दै थिए, । “म रित्तो हात कसरी घर जाँउ घरपरिवार छ, मैले के दिने उनिहरुलाई भनेर दुखेसो पोखे।”

तर उपचार पश्चात उनलाई तत्त्काल काम नर्गन र १ महिना आराम गर्न स्वास्थ्यकर्मीले सल्लाह दिए । स्वास्थ्यकर्मीको सल्लाह पश्चात समाजसेवी तथा परोपकारी मन भएका उमेश कुवँरले आफ्ना साथीहरु हिमाल कुवँर र बयालपाटा अस्पतालका सिनियर हेल्थ असिष्टेण्ट छत्र साँउद लगायतसंग समन्वय गरेर उनलाई गाडी खर्च र बाटो खर्च ५ हजार दिएर बाजुरा पठाउने निर्णय गरे ।

बर्खाको समय बाटो बिर्गेका कारण गणेश रावल बाजुराको बल्दे सम्म मात्र जान सक्ने भए । बल्दे पछिको लागि उमेशले गणेशको वडाका अध्यक्ष प्रकाश रावललाई फोन गरेर उनको बारेमा जानकारी गराए र बल्देबाट घरसम्म पुरयाउन अनुरोध गरे । वडाध्यक्ष रावलले पनि कुवँरलाई सबै समन्वय र व्यावस्थापनका लागि धन्यवाद दिदैँ बल्देबाट आफुले घरसम्म पुरयाउने बचन दिए ।

गणेश एक बेराजगारीको समस्या भोगिरहेका प्रतिनिधी पात्र मात्रै हुन् । यस्ता थुप्रै समस्यामा परेका उदाहरणहरु अचेल जहाँत्यहि भेटिन्छन् । काम गरेर आफ्नो घर परिवारको पेट पाल्ने दिनदुखीका लागि निकै चुनौती छ यतिबेला । गणेश जस्तै कयौँ बेरोजगार युवाहरु अहिले भौतारिरहेका छन् । काम नपाएर एक छाक टार्न पनि गरिब तथा दिनदुखी लाई धौधौ परिहरेका छ ।

राजधानी काठमाण्डौँमा रहेको सिंह दरबार अहिले हरेक जिल्लाका गाँउ गाँउमा छ तर ति गाँउका स्थानिय सरकार यस्तौ कयौँ गरिब तथा दिनदुखीको बारेमा बेखबर जस्तै छन् । ति सरकार उनिहरुलाई आफ्नै ठाँउमा रोजगारी दिनुको साटो काम समेत दिन सक्दैन् । जसका कारण हरेक नेपाली नागरिकले बिदेशीनु पर्ने बाध्यता बिद्यमान छ । बेरोजगार र गरिबीको समस्याले नेपालीले अझै कति समय बिदेशीनुपर्ने हो त्यो यसै भन्न सकिदैँन ।

समाजसेवामा सक्रिय बन्दै उमेश ।

उमेश कुवँर

अछामको साँफेबगर नगरपालिका वडा नं. ४ घर भएका उमेश कुवँर पछिल्लो समयमा समाजसेवामा निकै सक्रिय भएका छन् । उनले विभिन्न समयमा समाजमा देखा परेका समस्या समाधान गर्न चाँसो दिएर काम गरिरहेका छन् । उमेरले २६ नकेटका युवा परोपकारी मन बोकेर समाजसेवामा सक्रिय भएर लागेका छन् ।

कुवँरकै सक्रियतामा अछाम जिल्लामा रगत अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने बाध्यता केही हद् सम्म कमि भएको छ । दाह्री ग्याङ अछामको नेतृत्व गर्दै कुवँरले समाज परिवर्तन र रुपमान्त्ररणमा क्रियाशिल बनेका छन् । रक्तदान कार्यक्रम, कहिले बजार सरसफाई, कहिले चेतनामुलक कार्यक्रम गरेर उनले समाजको लागि उदाहरणिय काम गरिरहेका छन् ।

‘उनि भन्छ्न जीवनमा एकैपटक ठुलो काम गर्छु भनेर लाग्नु भन्दा पनि सानै भएपनि राम्रो काम गरेर सन्तुष्टी हुनुपर्दछ ।’ जीवन रहुञ्जेल समाजका लागि केही गर्नुपर्छ भन्ने सोच बनाएका युवा उमेश कुवँरलाई उनका अन्य साथिहरुले पनि साथ दिएका छन् ।

उनको काम सािथहरुको पनि उत्तिकै योग्दान् छ । ‘म एक्लैले केहि गर्न सक्दैन् मैले त यसो गरौँ न भनेर सल्लाह संगै नेतृत्व लिएको मात्र हो मलाई मेरा साथिहरुको निकै साथ छ – उनि भन्छन् ।’

उनले पछिल्लो समयमा अछाम निशेधाज्ञा भएका बेला बजार बन्द भएर खाजा खाना नपाएका बिरामीका लागि एक महिना सम्म खााजा खुवाउने अभियानको समेत नेतृत्वदायि भुमिका निर्वाह गरे । सिडेन अछामको सहकार्यमा नेविसंघ अछामले सुरु गरेको अभियानमा उनको भुमिका स्रहानिय रह्यो ।

उनले शनिबार मात्रै १७ दिन देखि भोकभोकै अलपत्र परेका एक युवकको उद्धार गरेर पुण्य कमाएका छन् । हरेक युवा तथा नागरिकले उमेशको जस्तै समाजका लागि केही गर्न सक्ने सिको गर्न जरुरी छ । सबै नागरिकमा उनको जस्तै सोचे आए परिर्वतन हाम्रै पालामा सम्भव छ ।