मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले भन्यो– होसियार ! शीतलनिवासको षडयन्त्र पोखरामा नदोहोरियोस्

कांग्रेसले भन्यो– होसियार ! शीतलनिवासको षडयन्त्र पोखरामा नदोहोरियोस्


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा शीतलनिवासजस्तै षडयन्त्र गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्, “दुईदिन अघि मात्रै संसदमा विश्वासको मत गुमाएका ब्यक्तिको पुनः मुख्य मन्त्रीमा दावी एकातर्फ हास्यास्पद त छ नै अर्कातर्फ यसले षड्यन्त्रको गम्भीर आशंका र आभास पनि गराएको छ ।

शितल निवासमाझैं षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ ।”

यस्तो छ विज्ञप्ति 
जेठ २९, २०७८

होसियार शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् !
बहुमत हस्ताक्षर अनुरुप पोख्रेललाई अविलम्ब 
मुख्य मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह ।

गण्डकी प्रदेशका मुख्य मन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखको आह्वान बमोजिम नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश सभाका बहुमत सांसदको हस्ताक्षर सहित मुख्य मन्त्री पदमा दाबी पेश गर्नु भएको सर्वविदित छ । उहाँको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको भौतिक उपस्थिति समेत दावीको क्रममा हिजो तथा आज फेरि पनि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छ । तर मुख्य मन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएको स्थितिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।

दुईदिन अघि मात्रै संसदमा विश्वासको मत गुमाएका ब्यक्तिको पुनः मुख्य मन्त्रीमा दावी एकातर्फ हास्यास्पद त छ नै अर्कातर्फ यसले षड्यन्त्रको गम्भीर आशंका र आभास पनि गराएको छ । शितल निवासमाझैं षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ । 

जय नेपाल !
विश्वप्रकाश शर्मा 
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग