राजनिति

को हुन् गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रकाश अर्यालले पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको बताए। पोखरेलले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए। कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ तथा एक स्वतन्त्र सांसद दीपक मनाङेको उनलाई साथ छ।

७१ वर्षीय कृष्णचन्द्र नेपालीको राजनीतिक पृष्ठभूमि लामै छ। विस २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा पनि राजनीतिमा सक्रिय थिए। उनी प्रजातन्त्र सेनानी हुन्। पोखरेलले २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेके।

आन्दोलनमा पटकपटक जेल परेका नेपालीले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्। २०४८ सालपछि उनी लगातार १९ वर्ष कांग्रेस नवलपरासीको सभापति भएका थिए। कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका नेपाली गत प्रदेश सभा निर्वाचनमा नवलपरासी पूर्व-१ (क)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

काभ्रे र तनहुँमा पोखरेल शिक्षक भई कामसमेत गरेका पोखरेल राजनीतिमा समेत सक्रिय भएको आरोपमा राज्यले उनको शिक्षण पेसा हरेको थियो। २०२९ देखि २०३६ सम्म अध्यापन गराएका उनी कानुनी सेवामा समेत जोडिएका छन्। २०७० सालको संविधान सभा निर्वाचनमा नवलपरासी-३ बाट प्रत्यक्ष उम्मेदवार भएपनि उनी पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाले नै माफी मागेको गठबन्धन बैठकमा के भयो त्यस्तो कुराकानी?
कांग्रेस पदाधिकारी बैठक बस्दै : क्रियाशील सदस्यताबारेको प्रतिवेदन बुझाउने तयारी
जसपाकाे आधिकारिकता उपेन्द्र यादव पक्षलाई
ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु: प्रधानमन्त्री देउवा