मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण

कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण


अछाम । जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माखाँद गाउँपालिले कृषी क्षेत्रमा लगानी गर्दै आईरहेको छ । पुर्वाधार, शिक्षा, स्वास्थ्य र सड्कलाई प्राथमिक्ता दिएको गाँउपालिकाले कृषिलाई समेत उत्तिक महत्व दिएको छ ।

गाउँपालिकाले कृषी, पशुपालन तथा तरकारी खेती गर्ने अगुवा तथा अन्य नागरिकलाई समेत आर्थिक लगायतका अन्य सहयोग गर्दै आईरहेको छ । पालिकाले आफ्नै क्षेत्रमा हरेक बेरोजगार नागरिक स्वरोजगार बनोस् भनेर सहयोग गरिरहेको पालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।

कोही पनि नागरिक बेरोजगार भएर बस्नु पर्ने स्थितीको अन्त्य गर्नका लागि पालिकाले पायक पर्ने क्षेत्र अनुसारको ठाँउमा लगानी गर्दै आईरहेको अध्यक्ष शर्माको भनाई छ । गाँउपालिकामा हरेक नागरिकका समस्यामा आफु सधैँ चिन्तित रहेको उनले बताए ।

यसैबिच शनिबार गाँउपालिकाले सहलिङ्ग बाख्रा पालन समूहलाई बाख्रा बितरण गरेको छ । गाँउपालिकाको वडा नं. ७ मा रहेको उक्त समुहलाई पालिकाले बाख्रा सहयोग गरेको तुर्माखाँद गाँउपालिकाका पशु शाखा प्रमुख जनक बहादुर बुढाले सुदूरआजलाई जानकारी दिए ।

संघिय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा संचालित बाख्रा पालन प्रर्बद्धन कार्यक्रम अन्र्तगत समुहलाई बाख्रा बितरण गरिएको उनले बताए । समुहका १५ जनालई ४ बाख्राका दरले ६० बाख्रा बितरण गरिएको थियो ।

उक्त बाख्रा वितरण कार्यक्रमका लागि ६ लाख रकम रहेको पालिका अध्यक्ष शर्माले जानकारी दिए । बाख्रा बितरण कार्यक्रममा वडा नं. ७ का अध्यक्ष रतन चलाउने, पूर्व गाविस अध्यक्ष हरिषचन्द्र देवकोटा, नायव सुब्बा पशु स्वास्थ प्राबिधीक प्रेम बहादुर बिसी लगायतको सहभागीता रहेको थियो ।