मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन

निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन

'जिल्ला भित्र र बाहिरका कृषकलाई प्रयाप्त मात्रामा बोटविरुवा उपलब्ध गराउने लक्ष्य'


जिल्ला भित्र र बाहिरका कृषकलाई प्रयाप्त मात्रामा बोटविरुवा उपलब्ध गराउने लक्ष्य

अछाम । अछाम जिल्लामा पहिलो पटक निजि क्षेत्रको लगानीमा जिल्लामै पहिलो पटक ठुलो नर्सरी संचालनमा आएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ६ को ठुलासैन नजिकै वडा नं. ५ मा पर्ने खाली जग्गामा नर्सरी संचालनमा आएको हो ।

नगरपालिकाको वडा नं. ५ का युवा तथा उद्यमीहरुको सक्रियतामा ५० लाखको लगानीमा सहयोगी नामक नर्सरी बिगत ३ बर्ष देखि संचालनमा रहेको त्यसका लगानीकर्ता मध्येका एकजना गणेश प्रसाद ढुंगानाले बताए । जिल्लाका कृषकहरुलाई बोटबिरुवा सहजै उपलब्ध गराउने र जिल्ला बाहिर पनि बोटबिरुवा निर्यात गर्ने लक्ष्यका साथ नर्सरी संचालनमा ल्याईएको ढुंगानाले बताए ।

उनले भने केही समय पहिले जिल्लाबाट बोटबिरुवा अन्य जिल्लामा निर्यात गरिन्थ्यो आजभोली धमाधम ट्रकहरु जिल्ला बाहिरबाट बोटबिरुवा आईरहेका छन्, त्यसैले जिल्लाका कृषकलाई यहिँ बोटबिरुवा दिनुपर्छ भनेर हामीले नर्सरी सुरु गरेका हौँ । ३ बर्ष पहिले २०७५ तिर असारमा आफु लगायत केही साथीहरु ठुलासैनमा खाजा खाईरहेका जिल्ला बाहिरबाट ईमिला, सुन्तला, कागती लगायतका बिरुवा जिल्लामा भित्रेको देखेर यसको अन्त्यका लागि नर्सरी सुरु गरिएको उनको भनाई छ ।

प्रत्येक बर्ष जिल्लाका कृषकलाई र जिल्ला बाहिर बोटबिरुवा निर्यात गर्ने नर्सरीको लक्ष्य रहेको छ । बाँकी रहेको जग्गामा अहिले ओखर र किबी खेती सुरु गरिएको उनको भनाई छ । ५ सय रोपनी क्षेत्रफल रहेको जग्गामा थप २ हजार बोटबिरुवा लगाईएको छ ।

हाल निर्यात गर्ने मिल्ने बोटबिरुवमा ईमिला, जुनाफ, सुन्तला, कागती, अनार र टिमुर रहेको उनले जानकारी दिए । नर्सरीमा थप रुद्राक्षय, अलैची, सतुवा लगायतका बोटबिरुवाको खेती पनि सुरु गरिएको छ ।

बाँजो रहेको जग्गा प्रयोगमा ल्याउने र फलफलु क्षेत्रका रुपमा विकास गरेर नमुना नर्सरी बनाईने अबको लक्ष्य रहेको छ । अहिले कुखुरापालन पनि सुरु गरिएको भन्दै ढुंगानाले अब तरकारी खेति, पशुपालन पनि गरिनेछ ।

सहयोगी नर्सरीमा हाल ८ जना बढीको लगानी रहेको छ ढुंगानाले भने लगानी थप हुने र नर्सरी बिस्तार हुने क्रम जारी छ । अहिले नर्सरीलाई ५ लाख सहयोग मंगलसेन नगरपालिकाको रहे पनि अन्य क्षेत्रकाट सहयोग नपाईएको ढुंगानाको भनाई छ ।