ब्यानर

सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्दै

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानममन्त्रीहरूसँग छलफल गर्दैछन्। 

समसामयिक विषयमा छलफलका लागि बैठक आयोजना गरिएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

उनका अनुसार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ।

सभामुख सापकोटा संसद् विघटनपछि पूर्वसभामुख एवं कानुन व्यवसायीहरूसँग चरणबद्ध छलफलमा जुटेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाले नै माफी मागेको गठबन्धन बैठकमा के भयो त्यस्तो कुराकानी?
साउनमा पनि कुखुराको मासुको मूल्य अचाक्ली महँगो
नेपालमा १३ लाख बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप (कुन प्रदेशमा कति)
सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो अवस्था, ५ वर्षमा २६४५ जनाले देह त्यागे