मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै स्थानमा आज पानी पर्ने, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशका धेरै स्थानमा आज पानी पर्ने, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूर आज

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटी बताउँछिन् ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, वाग्मती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैबीच, काठमाडौंमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटी बताउँछिन् । उनका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने छ । 

बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्र)का कारण नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने क्रममा रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।