मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

द्वारिकादेवीको बिरासत जोगाउँदै सुदूरपश्चिमबाट राज्यमन्त्री बन्ने आशा बिक को हुन् ?

द्वारिकादेवीको बिरासत जोगाउँदै सुदूरपश्चिमबाट राज्यमन्त्री बन्ने आशा बिक को हुन् ?


धनगढीः हालसम्म सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बन्नेहरुको नामावली लामै छ। त्यसमा प्रधानमन्त्री र मन्त्री बन्नेमा अधिकांश पुरुष छन्। तर मन्त्री बन्ने महिलाहरुको नाम दियो बालेर खोज्नुपर्ने अवस्था छ।

सम्भवतः सुदूरपश्चिम प्रदेशबाट पहिलो मन्त्री हुने महिला नै द्वारिकादेवी ठकुरानी हुन्। १९७४ मा डोटीको सिलगढीमा जन्मेकी उनी नेपाली कांग्रेसबाट २०१५ को आम निर्वाचनमा विजय भएपछि २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन्। त्यसपछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कैलालीकी लिला भण्डारी शिक्षा राज्यमन्त्री बनेकी थिइन्।

त्यसयता सुदूरपश्चिमबाट संघीय सरकारको मन्त्री बन्ने महिला नेतृहरु नभएको बताइन्छ। तर अब द्वारिकादेवी ठकुरानीले बसालेको त्यो विरासतको निरन्तरता दिने सुदूरकी अर्की महिला नेतृ आशा कुमारी बिक बनेकी हुन्। 

बझाङको जयपृथ्वी नगरपालिका १ पिमीकी ३९ (२०३८) वर्षीया बिक विघटित प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङमा महिला सशक्तिकरण, जातीय छुवाछुट विरुद्धको अभियानमा निकै सक्रिय उनी २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी प्रतिनिधि सदस्य सदस्य बनेकी हुन्।

सामाजिक क्षेत्रमा निकै क्रियाशिल उनी २०६९ मा नेकपा एमाले बझाङको जिल्ला कमिटी सदस्य भएकी थिइन्। त्यस्तै उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, नेपाल उत्पीडित जातीय मुक्ति समाजको सुदू्रपश्चिम सदस्य तथा जिल्ला इन्चार्ज रहेकी छिन्।

सामाजिक क्षेत्रसँगै राजनीतिमा क्रियाशिल उनी प्रधानमन्त्री केपी शर्माओली नेतृत्वमा वन राज्यमन्त्री बनेकी हुन्। – दिनेशखबर